• २६ वैशाख २०८२, शुक्रबार

जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

blog

राजेन्दप्रसाद श्रेष्ठ । फाइल तस्बिर

 काठमाडौं, भदौ ८ गते। जनता समाजवादी पार्टी, (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्दप्रसाद श्रेष्ठलाई दिइएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा पारिवारिक कार्यक्रममा सहभागी हुन आज भारत प्रस्थान गर्नु भएपछि पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो। 

अध्यक्ष यादव आउँदो भदौ २१ गतेसम्म भारतमै रहने कार्यक्रम रहेको छ। जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानु हुनेछ। उहाँ एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताउनुभयो। रासस