गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १० गते । नेकपा (माओवादी केन्द्र) ले कानुन, न्याय तथा मानव अधिकार समितिमा उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रका सचेतक रुपा सोसी चौधरीले सो समितिको सभापतिमा विमला सुवेदीले उम्मेदवारी दिएको जानकारी दिनुभयो ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उम्मेदवारी दर्ता गरेको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले समितिको सभापतिमा गणेश पराजुलीको उम्मेदवारी परेको जानकारी दिनुभयो ।