• २५ पुस २०८१, बिहिबार

दलाल पुँजीवादी शक्ति मुख्य खतरा : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । फाइल तस्बिर

काठमाडौं, भदौ १० गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रूपमा देखा परेको बताउनुभएको छ। 

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले दलाल नोकरशाही पुँजीवाद र वित्तीय पुँजीवादले सर्वहारा श्रमजीवी नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेको बताउनुभयो। 

देशको अर्थतन्त्रको विकासमा अनेकौँ, बाधा व्यवधान खडा भएको  उहाँको भनाइ छ। उहाँले देशमा सुशासनको प्रत्याभूति गर्ने कुराहरूमा पनि अनेक व्यवधान खडा भइरहेको बताउनुभयो। प्रतिकुल काम गर्ने र अवरोधमूलक काम गर्नेसँग जुध्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘संविधानमा लेखिएका कुराहरू व्यवहारमा लागू गर्न बाँकी नै छ। यी सबै परिवेशमा विस्तृत डिस्कोर्सको आवश्यकता छ। विस्तृत छलफल बहसको आवश्यकता छ। अहिले समाजवादी शक्तिका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रूपमा देखा परेको छ। यही दलाल नोकरशाही पुँजीवाद भन्नुहोस्, वित्तीय पुँजीवाद भन्नुहोस्, यसले सर्वहारा श्रमजीवी जनता आम नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेका छन्। देशको अर्थतन्त्रको विकासमा अनेकौँ, बाधा व्यवधान खडा गरेका छन्। देशमा सुशासनको प्रत्याभूति गर्ने कुरामा अनेक अवरोध खडा गरेका छन्। ती सबै प्रतिकुल काम गर्ने, अवरोधमूलक काम गर्ने, ती प्रवृत्तिका विरुद्धमा हामीले जुध्नुपर्ने आवश्यकता छ।’’

अध्यक्ष नेपालले नेता, कार्यकर्ता घुलमिल हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो।