• ४ जेठ २०८१, शुक्रबार

संघीयता आए पनि सो अनुरुप काम भएन : नेता निधी

blog

कांग्रेस नेता विमलेन्द्र निधीसहित नेताहरु । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, भदौ ९ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले मुलुकमा संघीयता आए पनि सोअनुरुप काम हुन नसकेको बताउनुभएको छ । 

श्री महावीर युवा कमिटिले जनकपुरधाममा शनिबार आयोजना गरेको नवनिर्वाचित पदाअधिकारीको सपथ ग्रहण एवम् पद हस्तान्तरण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । 

संघ, प्रदेश र स्थानीय तहले आफनो अधिकार क्षेत्रभित्र रहेर आमनागरिकलाई सेवा दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले मधेश भनेको काँग्रेस र काँग्रेस भनेको मधेश हुनुपर्नेमा मधेसी नागरिकले कांग्रेसलाई भोट नदिएर दूरावस्था आएको बताउनुभयो । 

उहाँले लोकतन्त्र मजवुत भएमा मात्रै देश र देशका नागरिक मजवुत हुने भन्दै लोकतन्त्रलाई मजवुत गर्न काँग्रेसलाई मजवुत बनाउन आग्रह गर्नुभयो । काँग्रेसका पूर्व उपसभापति समेत रहनुभएका नेता निधीले देशको हरेक परिवर्तनमा मधेशका युवाहरुको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

श्री महावीर युवा कमिटि जनकपुरधामका अध्यक्ष बलराम साहको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्वाचन समितिका प्रमुख राकेशविक्रम साहले नवनिर्वाचित अध्यक्ष अजयकुमार गुप्तासहित पदाअधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवसहित विभिन्न क्षेत्रका व्यक्तिले नवनिर्वाचित पदाअधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।