• २० वैशाख २०८१, बिहिबार

गौरामा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाको नृत्य

blog

टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा नृत्य गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेता । तस्बिरः प्रदीपराज वन्त

 काठमाडौं, भदौ ७ गते। गौरा पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीर्ष नेता सहभागी हुनुभएको छ। 

गौरा पर्वको अवसरमा आयोजित टुँडिखेलको कार्यक्रममा नेकपा (एमाले) नेता भीम रावलले देउडा गीत गाउँदा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,  परराष्ट्रमन्त्री एनपी साउदलगायत शीर्ष नेताले नृत्य गर्नुभएको छ। 

सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्व टुँडिखेलमा मनाइएको हो। गौरापर्वको मुख्य दिन आज गौरा मनाउन शीर्ष नेता टुँडिखेल पुग्नुभएको हो।