• २५ पुस २०८१, बिहिबार

नेपाल–जापान संसदीय मैत्री समूहका सदस्यको शिष्टाचार भेट

नेपाल र जापानको अति घनिष्ठ सम्बन्ध छ : राष्ट्रपति

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुहुँदै जापानको संसदको माथिल्लो सदनका सदस्य साथै नेपाल–जापान संसदीय मैत्री समूहका सदस्य कोबायाशी काजुहिरो र नागाइ मन्बु । तस्बिर राष्ट्रपति कार्यालय

काठमाडौं, भदौ ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जापानको संसद्को माथिल्लो सदनका सदस्य साथै नेपाल–जापान संसदीय मैत्री समूहका सदस्य कोबायाशी काजुहिरो र नागाइ मन्बुले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति पौडेलसँग जापानको संसद्को माथिल्लो सदनका सदस्य र नेपाल–जापान संसदीय मैत्री समूहका सदस्यले बिहीबार अपराह्न शिष्टाचार भेट गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ठ एवम् मैत्रीपूर्ण सम्बन्ध रहेको विषयमा जोड दिनुभयो । साथै उहाँले नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद समेत व्यक्त गर्नुभयो ।