• ६ जेठ २०८१, आइतबार

काँग्रेस नेता कार्कीको निधन

blog

मुरारी अधिकारी

धादिङ, भदौ ७ गते । नेपाली काँग्रेसका नेता  एवम् पूर्व प्रदेश सांसद डा. राजाराम कार्कीको निधन भएको छ । नेपाली काँग्रेसका महासमिति सदस्य तथा बागमती प्रदेशका पूर्व प्रदेश सभा सदस्य कार्कीको बुधवार साँझ ५ बजे ६६ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित कार्कीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको कार्कीका छोरा डा. अमितसिंह कार्कीले जानकारी दिनुभएको छ । धादिङको नीलकण्ठ नगरपालिका निवासी कार्की काँग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व मन्त्रीसमेत हुनुहुन्छ । स्वर्गीय कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।

स्वर्गीय कार्कीको पार्थिव शरीरलाई आज भदौ ७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलlका लागि राखिने काँग्रेस धादिङमा सभापति सांसद रामनाथ अधिकारीले जानकारी दिनुभएको छ ।