• २५ पुस २०८१, बिहिबार

कोशी प्रदेशबारे सरकार

मत बराबर भएपछि सभाध्यक्षले मत दिन पाइन्छ : प्रवक्ता शर्मा

blog

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता रेखा शर्मा । तस्बिरः सागर बस्नेत

काठमाडौं, भदौ ७ गते। सरकारले कोशी प्रदेशमा सभाध्यक्षले मुख्यमन्त्री चयनका लागि विश्वासको मत दिनु जायज भएको बताएको छ। 

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताउनुभएको हो। उहाँले कोशी प्रदेश सरकार निर्माणबारे मुद्दा अदालतमा रहेको भन्दै अदालतको आदेशपछि मात्रै बोल्न सकिने बताउनुभयो। उहाँले मत बराबर भइसकेपछि सभाध्यक्ष गरेको व्यक्तिले मत हाल्न पाउने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘कोशी प्रदेशको कुरा अदालतमा मुद्दाकै रूपमा गइसकेको छ। त्यसलाई अदालतको आदेश नआउन्जेल बोल्ने कुरा भएन। बराबर भइसकेपछि सभाध्यक्ष गरेको व्यक्तिले मत हाल्न नपाउने भन्ने हुँदैन। मत हाल्न पाइन्छ। अदालतले नै बाँकी कुरा टुङ्ग्याउनेछ।’’

प्रवक्ता शर्माले सरकारले कुनै पनि अनियमिततामा आफ्नालाई बचाउने काम सरकारले नगरेको बताउनुभयो।