• १४ असोज २०८१, सोमबार

संसद्को गतिरोध अन्त्य गर्न राष्ट्रपतिले छलफल गर्नुहुने

blog

काठमाडौँ, भदौ ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग मङ्गलबार छलफल गर्दै हुनुहुन्छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । 

राष्ट्रपति पौडेलले संसद् अवरुद्ध भइरहँदा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेतासँग समसामयिक राजनीतिका विषयमा कुराकानी गर्नुभएको थियो ।