• २३ पुस २०८१, मङ्गलबार

भौतिक पूर्वाधारमन्त्रीद्वारा सडक निरीक्षण

blog

काठमाडौँ,  साउन ३० गते । भौतिक भूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाराजगञ्जस्थित नारायाण गोपाल चोकदेखि बूढानीलकण्ठसम्म सडक निरीक्षण गर्नुभएको छ । 

निरीक्षणपछि पानी चुहिँदा बाटो बिग्रिने खाल्टाखुल्टी हुने स्थिति देखिएको बताउँदै सम्बन्धित निकायलाई मर्मत गर्न निर्देशन दिइसकेको उहाँले बताउनुभयो । मन्त्री ज्वालाले भन्नुभयो, “हामीले स्थलगतरुपमै आएर हाम्रा कार्यालय र कन्ट्र्याक्टर दुवै पक्षलाई छिटोभन्दा छिटो सडकमा देखिएका खाल्टाखुल्टी, व्यवस्थित एवं खाल्टाखुल्टी मर्मत गर्नका निर्देशन दिएका छौँ, उहाँहरुले तीव्ररुपमा काम अगाडि बढाइ रहनुभएको छ ।” 

काठमाडौँलगायत अन्य स्थानमा विभिन्न कारणले सडक खाल्टाखुल्टी भएको बताउँदै उहाँले सम्बन्धित सबै निकायलाई समन्वय गरेर समस्याको समाधान गर्न निर्देशन दिएको जानकारी दिनुभयो । निरीक्षणका क्रममा राज्यमन्त्री नन्दा चपाईँ र मन्त्रालयका सचिव केशव शर्माको पनि सहभागिता रहेको थियो । रासस