• ८ पुस २०८१, सोमबार

मालिक होइन सेवक हुँ भन्ने भावले काम गर्नुहोस् : उपप्रधानममन्त्री खड्का

blog

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का बुधबार रक्षा मन्त्रालय र मातहतका निकायको आब २०७९र८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्नुहुँदै। तस्बिरः रासस

काठमाडौं, साउन २४ गते। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौँ भन्ने नभइ जनताका सेवक हौँ भन्ने भावले काम गर्नुपर्ने बताउनुभएको छ। 

रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारी निकायले अनावश्यक समय लिने तथा फाइल अड्काएर राख्ने प्रवृति देखिएको भन्दै त्यसलाई तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको छ। 

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “समय तालिका बनाउनुस्, कुन कामलाई कति समय लाग्ने हो, जनताले देख्ने गरेर सार्वजनिक जानकारी दिनुस्। सरकारी निकायमा काम गर्ने कार्यालय सहयोगीदेखि मन्त्रीसम्म सबैले कुन काममा कति समय लाग्ने हो त्यो भन्नुपर्यो, तर ढिला सुस्ती गर्न पाइदैन।” 

कामका लागि निवेदन दर्तादेखि मन्त्रीको कार्यकक्षमा पुग्ननै हप्तौ दिन भन्दा बढी समय लाग्दा जनताले परिवर्तनको अनुभूति गर्न नसकेको भन्दै रक्षा मन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री खड्काले राजनीतिक परिवर्तन भएर मात्र नपुग्ने भन्दै कार्यशैली तत्काल परिवर्तन गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो। 

विकाश निर्माणका काम गर्न होस् वा जनतालाई दिनुपर्ने दैनिक सेवा प्रभाव सम्बन्धी विषय होस, निर्णय प्रकृयामा निकै ठुलो परिवर्तन आवश्यक देखिएकाले अब समय तालिका बनाएरै काम गर्नुपर्ने र समयमा तोकिएको काम नगर्ने वा गर्न नसक्नेलाई के गर्ने भन्ने विषयमासमेत निर्णयगर्न उच्च सरकारी अधिकारीलाई निर्देशन दिनुभयो। 

कुनै पनि सरकारी काममा ढिला सुस्ती नगर्न निर्देशन दिँदै खड्काले भन्नुभयो, “निर्णयमा अल्मल्याने, सकेसम्म ढिला गरेकोमा मजा मान्ने, सकेसम्म फाइल थन्काएर यसो एक दुई पटक हात जोडेर मेरो काम ढिला हुन थाल्यो, मेरो काम गरिदिनुसन भनेको कुरामा रमाउने जुन प्रवृति छ यो मालिक प्रवृति हो। हामी मलिक होइन, जनताका सेवक हौँ, सेवक भएर सेवा दिनुस्।”  

यो पनि पढ्नुहोस