• १२ साउन २०८१, शनिबार

१५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैङ्कलाई स्वीकृत दिने सरकारको निर्णय

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं, साउन २३ गते । सरकारले १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृत दिने निर्णय गरेको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रु ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति दिने निर्णय बैठकले गरेको बताउनुभयो ।

यसैगरी, उहाँले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने र बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वकृति दिने निर्णय भएको पनि जानकारी दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत भएको छ । नीतिले कानुन बनाउने बाटो खोल्छ, त्यसैले साइबर सुरक्षा विधेयक अघि बढाउन अब बाटो खुलेको छ । मन्त्रिपरिषदबाट प्रमाणीकरण भएर आउन भने समय लाग्ने छ । 

साथै मन्त्री शर्माले बैठकका अन्य निर्णय नियमित पत्रकार सम्मेलनमार्फत जानकारी गराइने बताउनुभएको छ ।