• ११ मंसिर २०८१, मङ्गलबार

राष्ट्रपति पौडेलसँग युरोपियन युनियनका राजदूतको बिदाइ भेट

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गर्नुहुँदै नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेज । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, साउन २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ।

मङ्गलबार राष्ट्रपति भवनमा भएको उक्त भेटमा युरोपियन युनियन र नेपालबिच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

साथै, भेटमा राष्ट्रपतिले युरोपियन युनियनले नेपालको विकास साझेदारको रूपमा पुर्‍याएको योगदान र वातावरण मैत्री, समावेशी र समतामूलक विकासका लागि गरेको सहयोगका लागि धन्यवाद दिनुभएको छ ।