दस संसदीय समितिको बैठक बस्दै
आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ । आज प्रतिनिधि सभा निर्वाचन भएको १० महिनापछि संसदीय समितिले सभापति पाउन लागेको हो ।
आज संसदीय समितिमा नेतृत्व चयन हुँदै
प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि नेतृत्व पाउँदैछन् । संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि गठन भएको प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिको चयन हुन लागेको हो ।
नौ जना सभापति निर्विरोध निश्चित
प्रतिनिधि सभाका दसमध्ये नौ विषयगत समिति सभापति निर्विरोध चयन हुने निश्चित भएको छ । प्रतिनिधि सभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाभित्र दसमध्ये नौ सभापतिमा एकल उम्मेदवारी दर्ता भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भने दुई जनाको मनोनयन दर्ता भएको छ । एकल उम्मेदवारीले निर्विरोध भए पनि घोषणा भने सम्बन्धित समितिले सोमबार मात्र गर्ने छन् । प्रतिनिधि सभा नियमावलीको नियम १७६ (४) बमोजिम एक मात्र मनोनयन दर्ता भएमा निर्विरोध हुने व्यवस्था छ ।
जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्दा गर्वको अनुभूति भएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय जेबी टुहुरेलाई जनगायकको रुपमा राष्ट्रिय सम्मानको उपाधि प्रदान गर्न पाउँदा आफूलाई गर्वको अनुभूति भएको बताउनुभएको छ।
विदेशमा सिकेको सीप, अनुभव र पुँजी नेपालको विकासमा लगाउन अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजीलाई नेपालको विकासमा लगाउन आग्रह गर्नुभएको छ।
सुशासन र समृद्धिका लागि राष्ट्रिय सहमति : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताउनुभएको छ।
कांग्रेस अनुशासन समितिको कार्यविधि संशोधनसहित पारित
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति बैठकले केन्द्रीय अनुशासन समितिको कार्यविधि २०८० लाई संशोधनसहित पारित गर्ने निर्णय गरेको छ।
राष्ट्रियता खतरामा छ : झलनाथ खनाल
पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशको राष्ट्रियता खतरामा परेको दाबी गर्नुभएको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
दलाल पुँजीवादी शक्ति मुख्य खतरा : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रूपमा देखा परेको बताउनुभएको छ।
जनतालाई दुःख दिने र ढिलासुस्ती स्वीकार्य हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा जनतालाई अनावश्यक दुःख दिने र ढिलासुस्ती गर्ने कार्य सरकारलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ।
भोलिदेखि मुद्दाको पेशी तारिख स्वचालित प्रणालीबाट : प्रधानन्यायाधीश
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताउनुभएको छ।
कानुन समितिमा माओवादीबाट सुवेदीको उम्मेदवारी
नेकपा (माओवादी केन्द्र) ले कानुन, न्याय तथा मानव अधिकार समितिमा उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रका सचेतक रुपा सोसी चौधरीले सो समितिको सभापतिमा विमला सुवेदीले उम्मेदवारी दिएको जानकारी दिनुभयो ।
वीरेन्द्र बिक माओवादी केन्द्रमा प्रवेश
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवं दाङ जिल्ला संयोजक वीरेन्द्र बिक नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । उहाँलाई एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीमा प्रवेश गराउनुभएको हो ।
‘मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालयको शुभारम्भ
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पोषणसम्बन्धी जानकारी प्रदान गर्ने ‘ मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रको शुभारम्भ गर्नुभएको छ ।
कांग्रेसको तीन र एमालेको दुई विषयगत समितिमा उम्मेदवारी
संसदीय समितिको सभापतिमा नेपाली कांग्रेसले तीन सभापतिमा उम्मेदवारी मनोनयन गरेको छ । कांग्रेस सचेतक सुशीला थिङका अनुसार कांग्रेसले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा. आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसे र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी मनोनयन भएको जानकारी दिनुभयो ।
उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव नरहेको बताउनुभएको छ ।
शिक्षा दिवसलाई उपलब्धिमूलक बनाउन आह्वान
सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रूपमा मनाउन सबैमा आव्हान गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकले सो आव्हान गरेको हो ।
एक अर्ब जनसङ्ख्याका लागि पानीको श्रोत नेपाल : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताउनुभएको छ ।
'समाजवादी मोर्चा' काे घोषणा सभा हुने
लुम्बिनी प्रदेशमा 'समाजवादी मोर्चा' काे घोषणा सभा हुने भएको छ ।
धार्मिक सहिष्णुता कायम राख्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह
प्रेस सेन्टर नेपाल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृति विशेषतायुक्त नेपालको पहिचान भएकाले विधितासहितको एकतालाई कायम राख्न सबैसँग आग्रह गर्नुभयो ।
कांग्रेसको रुपान्तरण अभियानद्वारा सुशासनका पक्षमा प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचारका सबै प्रकरणमा दोषी सबैलाई कारबाही गर्न ध्यानाकर्षण गराएको छ ।
आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैन: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताउनुभएको छ ।
साम्प्रदायिकता मच्चाउन खोज्नेहरूबाट होसियार बनौँ–ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विभिन्न प्रकारका साम्प्रदायिकता मच्चाउन खोजिएको भन्दै यसमा सचेत हुन आग्रह गर्नु भएको छ । उहाँले सबै प्रकारको विभेद र असमानताको अन्त्यको पक्षमा आफू र पार्टी रहेको जनाउँदै अशान्ति नमच्चाउन आग्रह गर्नुभयो ।
आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन
‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।