• २३ वैशाख २०८१, आइतबार

भूउपयोग नीति कार्यान्वयनमा प्रतिबद्ध छौँ : मन्त्री शर्मा

blog

युएनडिपीले तयार पारेको भूउपयोगी नीति प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई हस्तान्तरण गरिँदै । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, असोज २३ गते । भूउपयोग नीति कार्यान्वयनका लागि प्रतिबद्ध रहेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले बताउनुभएको छ । 

मङ्गलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित भू–उपयोग नीति हस्तान्तरण कार्यक्रममा मन्त्री शर्माले प्रादेशिक भूउपयोग नीति तथा जोखिम संवेदनशील योजना २०७९ कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । 

प्रादेशिक भू–उपयोग नीति २०७९ हस्तान्तरण कार्यक्रममा नीति कार्यान्वयनका लागि आवश्यक गृहकार्य गरी निर्देशिका, कार्यविधि तयार पारेर तत्काल कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो ।

युएनडिपीले,  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँगको सहकार्यमा भू–उपयोग नीति तयार पारेको हो । करिब तीन वर्षको अवधिमा नीति निर्माण गरिएको छ । मन्त्री शर्माले भूउपयोग नीति निर्माण भएकाले तीन तहकै सरकारबिच समन्वय हुने जानकारी दिनुभयो ।