काठमाडौं, असोज २४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक शुक्रबार बस्ने भएको छ ।
राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार शुक्रबार बिहान बस्ने पदाधिकारी बैठकमा कोशी प्रदेश सरकार गठन सम्बन्धमा छलफल हुनेछ ।
कोशी प्रदेश सरकार गठनका लागि राप्रपा निर्णायक शक्ति देखिएकाले यसबारे पार्टीको रणनीति तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्न लागेको हो ।