• १३ मंसिर २०८१, बिहिबार

एमाले सुदूरपश्चिममा २३ जनाबिच प्रतिस्पर्धा

blog

अविनाश चौधरी

धनगढी, असोज २३ गते ।  सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) लाई नेतृत्व गर्न २३ जनाबिच प्रतिस्पर्धा हुने देखिएको छ । पाँच पदाधिकारी चयनका लागि २३ जना प्रतिस्पर्धामा रहनुभएको सो दलले जनाएको छ ।

प्रदेश कमिटीको पदाधिकारी सर्वसम्मतले चयनको प्रयास विफल भएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने करिब पक्का भएको छ । अध्यक्षमा चार, उपाध्यक्षमा ६, सचिवमा चार, उपसचिवमा नौ जना उम्मेदवार छन् । 

अध्यक्षका लागि कृष्णप्रसाद जैशी, वचनबहादुर सिंह, कमल तिमिल्सिना र भरत साउद चुनावी मैदानमा हुनुहुन्छ । यस्तै, उपाध्यक्षमा गजेन्द्रबहादुर शाही, हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालीबहादुर शाही र हजारीसिंह साउदको उम्मेदवारी परेको छ । 

त्यस्तै, सचिवमा राजेश खाती, रणबहादुर चन्द, जीवनकुमार बम, रतनराज रेग्मीको उम्मेदवारी परेको छ । यसैगरी, सचिवमा महिलातर्फ कन्दकलाकुमारी राना, भागरथी विष्ट र अर्चना गहतराजको उम्मेदवारी परेको छ । उपसचिव खुल्लातर्फ सुरेन्द्र पाल, हरदेव जोशी, अशोककुमार चन्द, नरबहादुर विक, रामदत्त जोशी र पल्लभराज भट्ट चुनावी मैदानमा हुनुहुन्छ ।  

आज अपराह्न ५ बजेबाट मतदान हुने जनाइए पनि मतदान अझै सुरु भएको छैन । उम्मेदवारी फिर्ता लिने काम भइरहेको जनाउँदै निवर्तमान प्रदेश सचिव धर्मराज पाठकले अन्तिम नामावली प्रकाशन गर्न बाँकी रहेको बताउनुभयो । उहाँले आज सम्भवतः निर्वाचन नहुने बताउनुभयो । “भोलि बिहान मात्रै निर्वाचन हुन्छ होला” उहाँले भन्नुभयो ।