कांग्रेसको रुपान्तरण अभियानद्वारा सुशासनका पक्षमा प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचारका सबै प्रकरणमा दोषी सबैलाई कारबाही गर्न ध्यानाकर्षण गराएको छ ।
आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैन: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताउनुभएको छ ।
साम्प्रदायिकता मच्चाउन खोज्नेहरूबाट होसियार बनौँ–ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विभिन्न प्रकारका साम्प्रदायिकता मच्चाउन खोजिएको भन्दै यसमा सचेत हुन आग्रह गर्नु भएको छ । उहाँले सबै प्रकारको विभेद र असमानताको अन्त्यको पक्षमा आफू र पार्टी रहेको जनाउँदै अशान्ति नमच्चाउन आग्रह गर्नुभयो ।
आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन
‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।
रूपान्तरण अभियान सफल बनाउन आग्रह
प्रतिनिधि सभाका पूर्वसभामुख एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानलाई सफल बनाउन आग्रह गर्नुभएको छ । प्रेस सेन्टर नेपालको शनिबार सम्पन्न तेस्रो पदाधिकारी बैठकमा उहाँले राजनीतिक सङ्कट बढिरहेको र जनताको साथले मात्रै वर्तमान सङ्कटलाई जित्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र नेपालीको मुक्तिका लागि माओवादी केन्द्रको प्रमुख भूमिका रहेकाले माओवादीको तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई सफल बनाउनुको विकल्प छैन ।”
सामाजिक एकता र सद्भाव कायम राख्न धरानबासीलाई प्रधानमन्त्रीको अपील
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक एकता र सद्भावका पक्षमा उभिन धरानबासी जनसमुदायलाई अपील गर्नुभएको छ । केही दिनयता अशान्त भइरहेको धरानका स्थानीयलाई शनिबार साँझ एक अपील गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गर्नुभएको हो ।
तर्साउन खोज्दैमा म तर्सिर्ने मान्छे होइन : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्त्वको विरोध गर्न आफू नछाड्ने बताउनुभएको छ। उहाँले झापाको गिरी बन्धु टि–स्टेटको विषयमा आफूलाई मुछ्दैमा केही फरक नपर्ने बताउदै गल्ती नगरेको र नबिराएको जनाउनुभयो।
नेपालले विपद् न्युनिकरणका लागि आवश्यक कदम चाल्न जरुरी छः देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्युनिकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाई गर्न नहुने बताउनुभएको छ।
संघीयता आए पनि सो अनुरुप काम भएन : नेता निधी
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले मुलुकमा संघीयता आए पनि सोअनुरुप काम हुन नसकेको बताउनुभएको छ ।
धार्मिक सद्भाव भड्काउने गतिविधिले कसैको हित गर्दैन : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा हुन नसक्ने बताउनुभएको छ। केही दिनयता सुनसरीको धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावमा खलल पुर्याउने भन्दै सभापति देउवाले यस्तो बताउनुभएको हो।
जिल्ला समन्वय समितिलाई साधन स्रोतको अभाव हुन दिइन्न : मन्त्री देवी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले जिल्ला समन्वय समितिलाई साधन स्रोत र कर्मचारीको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
एउटै व्यक्तिले ८० करोड ठगेको उजुरी
झापा गौरादहका सोमराज विश्वकर्मा दम्पतीले २४ करोड ठगी आरोपमा पक्राउ परेको घटना सेलाउन नपाउँदै यता झापाको बिर्तामोडमा ‘पङ्कज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका भारत पश्चिम बङ्गालस्थित राजगञ्ज स्थायी ठेगाना भएका पङ्कज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीको ८० करोड रकम ठगेर फरार भएका छन्।
धार्मिक सद्भाव नेपालीको पहिचान हो : नेता डा. कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धार्मिक सद्भाव नेपालीको पहिचान भएको बताउनुभएको छ ।
सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्नुभएको छ ।
जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई
जनता समाजवादी पार्टी, (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्दप्रसाद श्रेष्ठलाई दिइएको छ।
पार्टी रूपान्तरण र सुधारको काम आफूबाटै सुरु गरौँ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी रूपान्तरण र सुधार आफैबाट सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ।
जसपा अध्यक्ष यादव भारत प्रस्थान
जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गर्नुभएको छ । उहाँ पारिवारिक कामका सिलसिलामा भारतको केरला जानुभएको हो ।
ओलीले सर्वदलीय बैठकमा पनि नेकपा एसलाई निषेध गरे : माधवकुमार नेपाल
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको बताउनुभएको छ।
सुशासनका लागि विशेष अभियान चलाउँछौँ : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताउनुभएको छ ।
एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्यो
नेकपा (एमाले) को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ ।
संसदको विषयगत समितिको सभापतिमा रास्वपाले उम्मेदवारी दिने
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले संसदको विषयत समितिको सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। रास्वपा नेता सन्तोष परियारले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शुक्रबार अपरान्ह ५ बजेदेखि बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो।
मुख्यमन्त्री शर्मा स्वीट्जरल्याण्ड जानुहुँदै
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जल्याण्ड जाँदै हुनुहुन्छ । अन्तर्राष्ट्रिय मानव अधिकार आयोग अन्तरसरकार संस्था (जुरिज) को आयोजनामा हुने वित्तीय, सामाजिक, मानवता नीजि, सहकारी, समुदाय र हरितसम्बन्धी कार्यक्रममा भाग लिन उहाँ स्वीट्जल्याण्ड जान लाग्नुभएको हो ।
सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छः प्रधानमन्त्री प्रचण्ड
वीरगञ्जमा सम्पन्न समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ। अब यसबाट सरकार पछि हट्दैन।”
एमालेको ध्यान सत्तातिर छैन : अध्यक्ष ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले अहिले सत्तातिर ध्यान नदिएको बताउनुभएको छ ।