• २३ वैशाख २०८१, आइतबार

कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य: दुई वटा विधेयक पारित

blog

फाइल तस्विर

भेरीगङ्गा (सुर्खेत), असोज २३ गते । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य गरिएको छ । अधिवेशनअन्तर्गतको बैठकबाट कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरिएको छ । 

कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेर लागू भइसकेको छ भने निजामती कर्मचारी विधेयक भने प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएको छ । 

त्यस्तै कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बेनको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक थप छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।

सो अधिवेशनमा कूल ३९ बैठक बसेको सभामुख नन्द गुरुङले जानकारी दिनुभयो । अधिवेशन गत जेठ १० गतेदेखि सुरु भएको थियो । कूल ५४ घण्टा बसेको बैठकमा सबैभन्दा लामो २३ औँ बैठक तीन घण्टा ३५ मिनेट र सबैभन्दा छोटो ३८ औँ बैठक ७ मिनेट २३ सेकेन्डसम्म बसेको थियो । बैठकमा प्रदेशको नीति तथा कार्यक्रम र बजेट पास गरिएको थियो । रासस