कांग्रेस संसदीय दलबाट थापाको राजीनामा
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा गर्नुभएको छ । थापाले राजनीतिक उत्तरचढावको एउटा कारक आफू पनि भएको महसुस गरी पदबाट राजीनामा गरेको उहाँले बताउनुभयो ।
विकास-निर्माणका काममा राजनीति गर्न नहुने
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा राजनीतिकरण गर्न नहुने बताउनुभएको छ । पर्वतको मोदी गाउँपालिका-२ देउपुरमा आज बिहान आयोजित एक श्रद्धाञ्जली सभामा तीनवटै तहका सरकारबिच समन्वय र सहकार्य हुन सकेमामात्र समृद्ध मुलुक बन्न सक्ने बताउनुभयो ।
कर्णाली प्रदेश सम्पन्न भए, मुलुक समृद्ध बन्छ : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताउनुभएको छ ।
कोशी प्रदेशमा देखिएको समस्या समाधान भएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी प्रदेशमा मुख्यमन्त्री बनाउने सवालमा गठबन्धनबिच देखिएको समस्या समाधान भएको बताउनुभएको छ ।
सत्ता गठबन्धनलाई थप बलियो बनाउने सहमति
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच आज कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको छ ।
प्रधानमन्त्री दाहाल चितवनमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन आइपुग्नु भएको छ । भरतपुर महानगरपालिका प्रमुख एवम् प्रधानमन्त्री पुत्री रेणु दाहालका अनुसार प्रधानमन्त्री दाहालले चितवनमा रहँदा भोलि आइतबार तीन वटा खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उहाँले बहुमत जुटाउनुभएको हो । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गर्नुभएको थियो । यो संख्या प्रदेश सभामाको कुल सदस्य संख्याको बहुमत हो ।
कोशीमा हस्ताक्षर सनाखत सम्पन्न, आजै मुख्यमन्त्री नियुक्त हुने सम्भावना
कोशी प्रदेशमा मुुख्यमन्त्री पद नियुक्तिका लागि पेश गरिएका हस्ताक्षर सनाखतको कार्य सम्पन्न भएको छ । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङको समुस्थितिमा सनाखत कार्य सम्पन्न भएको हो ।
दुई वर्षमा सक्नुपर्ने पुल छ वर्षदेखि अलपत्र, तीन पटक म्याद थप
कर्णाली कोरिडोर अन्तर्गतको सिमकोट हिल्सा सडकमा पर्ने नाम्खा गाउँपालिका– २ र ४ को सिमानामा पर्ने सल्ली खोलको पक्की पुल छ वर्ष विते पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
कोशीमा हस्ताक्षर सनाखत आज
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दुई जनाको दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुखको कार्यालयले शनिबार सांसदहरूको सनाखत गराउने भएको छ । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्म हस्ताक्षरकर्ताको सनाखत गराउने जानकारी गराएको छ ।
लम्बियो संसद् अधिवेशन
सङ्घीय संसद्को चालु अधिवेशन लम्बिएको छ । केही वर्षयता बजेट (बर्खे) अधिवेशन दसैँअगाडि सक्ने अभ्यास भए पनि यो पटक अधिवेशन अन्त्य नगरी करिब तीन सातालाई बैठक मात्र स्थगित गरिएको छ । शुक्रबार अधिवेशन अन्त्य गर्ने सत्तारूढ दलहरूबिचमा परामर्श भए पनि औपचारिक निर्णय भएको थिएन । संसद् सचिवालयलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको सम्भावित भ्रमण र सदनको सम्बोधनका लागि अधिवेशन अन्त्य नगर्ने जानकारी सरकारले दिएको छ ।
एमालेभित्र सुदृढ अनुशासन चाहिएको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अराजकतालाई स्वीकार गर्न नसकिने भन्दै सुदृढ अनुशासन चाहिएको बताउनुभएको छ । शुक्रवार पार्टीको स्कुल विभागले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीसहितको कांग्रेस बैठकमा सहमति जुटाउने प्रयास
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी भइ कोशी प्रदेश सरकार गठनमा सहमतिको प्रयास भएको छ ।
संस्कार, संस्कृतिको संरक्षण र समृद्धिका लागि होमस्टेको महत्वपूर्ण भूमिका छ : मन्त्री महतो
वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले नेपालको कला संस्कृतिको सिको विश्वका देशले गर्न थालेको बताउनुभएको छ ।
कोशीमा भोलि समर्थक सांसदको सनाखत गराइने
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दुई जनाको दाबी पेश भएपछि प्रदेश प्रमुखको कार्यालयले शनिबार सांसदहरुको सनाखत गराउने भएको छ ।
पत्रकारसँग राष्ट्रपति : ‘गणतन्त्रको राष्ट्राध्यक्ष पनि बदलिनुपर्छ’
‘सत्य अन्वेषण र सत्य सम्प्रेषण अहिलेको मिडियाको मुख्य चुनौति हो किनकि अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ । यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पु¥याउन सक्नेतर्फ सचेत हुन म तपाईहरूलाई आग्रह गर्दछु ।’’
खुला सीमाको व्यवस्थापन समयअनुसार हुनुपर्छ : मन्त्री सिंह
मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंहले नेपाल–भारतवीचको खुला सीमाको व्यवस्थापन समयअनुसार हुनुपर्ने बताउनुभएको छ ।
कांग्रेस बैठकमा समसामयिक राजनीति सम्बन्धमा छलफल
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समसामयिक राजनीति सम्बन्धमा छलफल भएको छ ।
नेपाली कांग्रेस नेपाली जनताको सुख दुःखको साथी : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले कांग्रेस पार्टी नेपाली जनताको सुख दुः खको साथी पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेस जजरकोटको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपसभापति खड्काले अहिले नेपाली जनता र मतदाताले नेपाली कांग्रेसलाई तीन वटै तहमा पहिलो दल बनाएको उल्लेख गर्नुहुँदै कांग्रेस पनि त्यहि जनताको मतको सम्मान गर्दै सबै जनताको सुख दुः खको साथी पार्टी भएर काम गर्नुपर्ने बताउनुभयो ।
गणतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ ।
निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनः विचार गर्नुपर्ने बताउनुभएको छ ।
सर्वसम्मतिले स्वीकृत
राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
जनप्रतिनिधिसँग लैङ्गिक समावेशीकरणसम्बन्धी छलफल
स्थानीय तहका जनप्रतिनिधिसँग लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूल प्रवाहीकरणसम्बन्धी छलफल गरिएको छ । दलित महिला केन्द्र नेपालले बिहीबार दिक्तेलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी स्थानीय तहका विषयगत समितिका संयोजक, सदस्यसचिव, पालिका उपप्रमुख, विषयगत समितिका सदस्यसचिव, निर्वाचित जनप्रतिनिधि र कार्यपालिका सदस्यलाई सहभागी गराएर छलफल गरिएको हो ।