• १५ मंसिर २०८१, शनिबार

कांग्रेस संसदीय दलबाट थापाको राजीनामा

blog

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा । तस्बिर : गोकुल पराजुली

गोकुल पराजुली
विराटनगर, असोज २७ गते ।
 नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा गर्नुभएको छ । थापाले राजनीतिक उत्तरचढावको एउटा कारक आफू पनि भएको महसुस गरी पदबाट राजीनामा गरेको उहाँले बताउनुभयो ।

सरकार गठन प्रक्रियामा उत्पन्न असहज अवस्थाका कारण पनि नैतिकताका आधारमा राजीनामा गरेको उहाँले बताउनुभयो । आफ्नो राजीनामा कुनै आग्रहमा नआएको र केही समय अगाडि नै राजीनामा गर्न खोजेपनि विभिन्न परिस्थितिले नमिलेको उहाँले बताउनुभयो ।

उहाँले गठबन्धन प्रदेशमा कायम रहने र २०८४ को निर्वाचनसम्म निरन्तर रहने बताउनुभयो ।