पार्टीले गरेका कामको बारेमा जनतालाई बुझाउनेछौँ : उपाध्यक्ष भुसाल
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ तीनमहिने अभियानमा पार्टीको त्याग र बलिदानसहित पार्टीले जनताको पक्षमा गरेका कामबारे जनतालाई बुझाउने बताउनुभएको छ ।
‘आगामी निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउँछ’
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्न पार्टीलाई सशक्त रुपमा अघि बढाउने बताउनु भएको छ । आगामी निर्वाचन २०८४ पछि एमाले एक्लै बहुमतको सरकार बनाएर जनताको आकांक्षा पूरा गर्ने उहाँको भनाइ छ ।
माओवादीको राजनीतिक एजेण्डाको बलमा प्रधानमन्त्री भएँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक प्रधानमन्त्री बन्न सफल भएको बताउनुभएको छ।
रूपान्तरण अभियानले माओवादी जनजनको मनमा बस्नेछ : पूर्व मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य कुलबहादुर केसीले माओवादीको तीन महिने रूपान्तरण अभियानले पार्टी जनजनको मनमा स्थापित हुने बताउनुभयो।
अर्घाखाँचीमा जनतासँग माओवादी अभियान सुरु
‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ मुख्य नारासहित शनिबारबाट सुरु हुने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को पहिलो दिन अर्घाखाँचीका छ पालिकाका ६१ वडामा अभियान सुरुभएको छ ।
भ्रष्टाचारीलाई कांग्रेसमा ठाउँ छैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारका कारण नै जनतामा निराशा छाइरहेको बताउनुभएको छ। एकले अर्काको काण्ड देखाउने भन्दै तर्साउने कार्यले जनता आजित भएको जनाउँदै उहाँले यस्तो बताउनुभएको हो।
कम्युनिष्ट शक्तिबीच एकता आवश्यक : उपमहासचिव गुरुङ
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने बताउनुभएको छ ।
एमाले लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा सुरु
नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बुटवलमा सुरु भएको छ । अधिवेशनको पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहबीच केहीबेर अघि उद्घाटन गर्नुभयो ।
एमसिसी र बीआरआईबाट देशको हित हुनेगरी लाभ लिनुपर्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले एमसिसी र बीआरआईबाट नेपालले देशको हीत हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ सहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभएको छ ।
जसपाको बागमती प्रदेश समितिको अध्यक्षमा गोले
जनता समाजवादी पार्टी (जसपा) नेपाल बागमती प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार बिहान बालकुमारीमा आयोजित पुनर्गठन भेलाबाट जय गोलेको अध्यक्षतामा ४१ सदस्यीय समिति पुनर्गठन गरिएको छ ।
प्रविधिको विकाससँगै अवसर र चुनौती थपियो : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौती थपिएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डद्वारा ‘जनतासँग माओवादी’ अभियानको शुभारम्भ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको शुभारम्भ गर्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान सो अभियानको उहाँले शुभारम्भ गर्नुभएको हो ।
सभापति देउवाद्वारा उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण छैन: अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण नभएको बताउनुभएको छ ।
कांग्रेसले गर्यो १५ विभाग प्रमुख चयन
नेपाली कांग्रेसले १५ वटा विभागको प्रमुखको नामावली टुङ्गो लगाएको छ ।
आजदेखि माओवादीको विशेष रूपान्तरण अभियान सुरु
नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्दैछ ।
नेकपा (माओवादी केन्द्र) काे आजदेखि विशेष रूपान्तरण अभियान
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी सदस्यता आठ लाख पु-याउने उद्देश्यसहित ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को शनिबार उद्घाटन गर्ने भएको छ । २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा सरकारले गरेका कामको जानकारी दिने उद्देश्यले तीनमहिने अभियान गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।
सांसदको कुरा सम्बोधनमा सरकारले ध्यान दिएन : सचेतक बर्तौला
नेकपा (एमाले) प्रतिनिधि सभा सचेतक महेशकुमार बर्तौलाले संसदमा सांसदहरुले उठाएका विषयमा सरकारले सुनुवाई नगर्ने प्रवृत्ति बढ्दैगएको बताउनुभएको छ ।
राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दा प्रमुख हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताउनुभएको छ।
भ्रष्टाचार विरोधी अभियान महाअभियान बन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमाथि अनेकखालका दबाब भए पनि सुशासनको काम नरोकिने प्रतिवद्धता जनाउनुभएको छ ।
नेपाल विश्वकै सुन्दर मुलुक हुनसक्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरुको सूचिमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताउनुभएको छ ।
एमाले महासचिव पोखरेलको टोली चीन भ्रमणमा जाँदै
नेकपा (एमाले) का महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सद्भावनापूर्ण भ्रमण गर्नेभएको छ ।
अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारकोे लागि बजेट अभाव नहुने जानकारी दिनुभएको छ । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ ।