• ३१ वैशाख २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्ड कैलालीमा

blog

प्रधानमन्त्री पुष्पलाल दाहाल ‘प्रचण्ड’ लाई सोमबार धनगढी एयरपोर्टमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साहले स्वागत गर्दै । तस्बिर : किरणराज विष्ट/रासस

अविनाश चौधरी
धनगढी, असोज २९ गते ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आइपुग्नुभएको छ ।

आज (सोमबार) यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिता हुन प्रधानमन्त्री प्रचण्ड कैलाली आइपुग्नुभएको हो । प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह धनगढी विमानस्थल पुग्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सुरुमा नेकपा (माओवादी केन्द्र) का प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा लम्कीमा आयोजित श्रद्धाञ्जलि सभामा सहभागी हुने कार्यक्रम छ । त्यसपछि सुखडस्थित घोडाघोडी बहुमुखी क्याम्पसको भवन शिलान्यास गर्ने र मध्याह्न १२ बजे गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रेस सेन्टर कैलालीका अध्यक्ष तेजराज भट्टले जानकारी दिनुभयो ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड धनगढीमा हुने समाजवादी मोर्चाको कार्यक्रममा सहभागी भएर आजै अपराह्न काठमाडौं फिर्ता हुनुहुने कार्यक्रम छ ।