काठमाडौं, असोज २९ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा तीनवटा आयोगका प्रतिवेदन पेश भएका छन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम मुस्लिम आयोग,आदिवासी जनजाति आयोग र थारू आयोगका प्रतिवेदन पेश गरिएको हो ।
राष्ट्रपतिसमक्ष आयोगका अध्यक्षत्रय समिम मियाँ अन्सारी, रामबहादुर थापामगर र विष्णुप्रसाद चौधरीले आ–आफ्नो आयोगको आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।