प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नक्साबारे छलफल हुन्छ : प्रवक्ता सापकोटा
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताउनुभएको छ ।
अमेरिकी सिनेटर होलेन नेपालमा
अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन आज काठमाडौं आइपुग्नु भएको छ ।
कोशी सरकारविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा
कोशी प्रदेश सरकार गठनको विवादविरुद्धको मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा राखेको हो ।
गोर्खा सैनिकका माग सम्बोधन गर्नुपर्छ : उपप्रधानमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ ।
कांग्रेसमाथि चौतर्फी आक्रमण भयो : डा. कोइराला
आज दमौलीस्थित बीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । डा कोइरालाले भन्नुभयो, “सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ ।
‘मिसन २०८४’ मा होमियो माओवादी, शनिबारदेखि देशभर रुपान्तरण अभियान
सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर शनिबारदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ ।
कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज (शुक्रवार) अन्तिम सुनुवाइ गर्दै छ । प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
राप्रपाको पार्टी कार्यालय नभत्काउन अदालतको आदेश
उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ ।
माओवादीको तीनमहिने अभियान,पार्टी वडामा केन्द्रित हुँदै
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तीनमहिने अभियान उद्घाटन अन्तिम चरणमा पुगेको छ। देशैभरका ७७ जिल्लासहित ७५३ स्थानीय तहमा भेला, छलफल, प्रशिक्षण भएका छन्। अहिले छ हजार ७४३ वडामा केन्द्रित भई गतिविधि जारी भएकाले शुव्रmबारभित्र सकिने नेताहरूले बताएका छन्।
राष्ट्रपति पौडेलसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार भेटवार्ता गरेको छ। मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदको प्रतिनिधिमण्डलसँग राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको हो।
वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि भइरहेको छ : पूर्वअर्थमन्त्री पाण्डे
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि भइरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा भएको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
बुद्धि, विवेक पुर्याएर काम गर्न नगर प्रहरीलाई प्रमुख साहको निर्देशन
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बुद्धि, विवेक पुर्याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिनुभएको छ।
भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भयो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको बताउनुभएको छ।
महानगर प्रहरीको भूमिका प्रशंसनीय छ : उपप्रमुख डंगोल
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महानगर प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
विदेश जानैपर्छ भन्ने मानसिकता परिवर्तन गर्नु आवश्यक छ : मन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ।
सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको छ।
माओवादीले अभियानलाई कृषि उत्पादनसँग जोड्ने
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भदौ १६ गतेदेखि देशव्यापी रूपमा सञ्चालन गर्ने तीन महिने रूपान्तरण अभियानलाई प्राकृतिक कृषि उत्पादनसँग जोड्ने भएको छ ।
भ्रष्टाचारको अन्त्य गर्न राष्ट्रिय सहमतिको सरकार बनाऔँ : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ।
लोकतन्त्रमा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गर्नुभएको छ ।
जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने
जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ ।
प्युठानमा माओवादी केन्द्रको रूपान्तरण अभियान
प्युठानमा नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा पार्टी नेताहरूले घरदैलोमा पुगेर जनतासँग प्रत्यक्ष साक्षात्कार गरिरहेको छ ।
जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताउनुभएको छ ।
राष्ट्रिय एकतालाई बलियो बनाउन रक्षा बन्धनले सहयोग पुग्छ: उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन रक्षा बन्धन, जनैपूर्णिमा ९ऋषि तर्पणी० पर्वले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
अग्रिम मतदानको व्यवस्था गर्न प्रस्ताव
निर्वाचनको दिन मतदान गरेर आफ्नो अभिमत प्रकट गर्नका लागि सार्वजनिक बिदा दिइन्छ। प्रतिनिधिमूलक शासन व्यवस्थामा मतदानको प्रतिशतले निर्वाचनप्रतिको विश्वसनीयतालाई पनि दर्शाउँछ। नेपालका निर्वाचनमा भने ठुलो सङ्ख्यामा कर्मचारी, विदेश यात्रामा जान लागेका व्यक्ति तथा स्वास्थ्य उपचारमा रहेका व्यक्ति मतदान गर्नबाट वञ्चित हुँदै आएका छन्। मतदान गर्न नपाएको गुनासोलाई थुप्रै देशले अग्रिम मतदानको अधिकार दिएर सम्बोधन गर्ने गरेकामा अब भने नेपालमा पनि अग्रिम मतदानको व्यवस्था गर्न प्रस्ताव गरिएको छ।