गाजामा सर्वसाधारणमाथि भएको हमलाप्रति नेपालद्वारा दुःख व्यक्त
नेपाल सरकारले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको हमलाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकका ३२ निर्णय
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान समारोह आयोजना गर्ने
नेपाली कांग्रेसले दसैँ, तिहार, नेपाल संवत्, छठ लगायतका पर्वहरूको अवसरमा कात्तिक ११ गते कोजाग्रत पूर्णिमाको दिन चियापान तथा शुभकामना आदानप्रदान समारोह आयोजना गर्ने भएको छ ।
राष्ट्रपतिले सर्वसाधारणलाई दसैंको टीका लगाइदिनुहुने
विजया दशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ ।
कृषि र पशुपालन सरकारको प्राथमिकतामा
कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले ब्यावसायिक कृषि र पशुपालनबाट मात्र मुलुकको समृद्धि सम्भव भएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त : मन्त्री शर्मा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गर्नुभएको छ ।
मानव अधिकार आयोगको विधेयकको मस्यौदा बनाउन सैद्धान्तिक स्वीकृति
सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ ।
सरकारले गरेको सहमतिको जिम्मेवारी सांसदलाई दिन मिल्दैन : सांसद भट्टराई
त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवा छाडेर प्रत्यक्ष राजनीतिमा आइहाल्ने सोच सायद सांसद विद्या भट्टराईमा थिएन । तर विशेष परिस्थितिले उहाँलाई सङ्घीय संसद्मा उपस्थिति गरायो ।
पेरिस सम्झौताका दायित्व र वित्तीय प्रतिबद्धता पूरा गर्न अन्तर्राष्ट्रिय समुदायलाई उपप्रधानमन्त्री श्रेष्ठको आह्वान
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङमा आज आयोजित तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इण्टरनेशनल कोअपरेशन’को उद्घाटन समारोहमा सहभागी हुनुभयो ।
गठबन्धन नेतृत्वको सत्ता संकटमा परिसकेको छ : नेता थापा
प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले सत्ता गठबन्धन संकटमा परेको बताउनुभएको छ । गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार भेटघाटमा आज उहाँले यस्तो बताउनुभएको हो ।
एमालेद्वारा गाजा सहरमा भएको आक्रमणको भर्त्र्सना
काठमाडौं, कात्तिक १ गते । नेकपा (एमाले) ले मंगलबार राति प्यालेस्टानी राज्यको गाजा सहरमा भएको आक्रमणको भर्त्र्सना गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार वक्तव्य जारी गर्दै गाजा सहरको अलअहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेको बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामी कुरुवा-आफन्त र अस्तापाल परिसरमा शरण लिइरहेका नागरिक गरी पाँच सयभन्दा बढी मारिएको खबरले स्तब्ध भएको बताउनुभयो ।उहाँले एमाले शान्तिको पक्षमा रहेकोले जुनसुकै खालको द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्नेमा जोड दिनुपर्ने उल्लेख गर्नुभएको छ । अमानवीय आक्रमणबाट अन्तराष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएकोले यसप्रकारका सबैखले आक्रमण रोक्न एमालेले सम्बन्धित पक्षलाई आव्हान समेत गरेको छ ।
नेता कार्यकर्तालाई अनुशासित हुन निर्देशन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन निर्देशन दिनुभएको छ । पार्टी सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्ने चाहना राख्ने प्रवृत्तिले अराजकता फैलिइरहेको उहाँको भनाइ छ ।
समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने बताउनुभएको छ ।
जनताबाट अलग भएर रूपान्तरणका काम गर्न सकिँदैन : उपाध्यक्ष भुसाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुसालले जनताबाट अलग भएर रूपान्तरणका काम गर्न नसकिने बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रमुख आयुक्त थपलिया र युरोपियन युनियनका राजदूतबिच भेटवार्ता
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग युरोपियन युनियनका राजदूत लोरेन्जो भेरोनिकले आज शिष्टाचार भेट गर्नुभएको छ ।
ऊर्जामन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान
‘तेस्रो एशिया-प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ ।
भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको बताउनुभएको छ ।
नेपाल सधैँ विश्व शान्तिका लागि प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सधैँ विश्व शान्ति र सदभावका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसँै तिहार, नेपाल संवत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा कागबेनी र कोरला नाकाको हवाई निरीक्षण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तरी चीनसँग सिमाना जोडिएको कोरला नाका र गत साउनमा बाढीले क्षति पुर्याएको कागबेनी क्षेत्रको हवाई निरीक्षण गर्नुभएको छ ।
हिमालको संरक्षण सिङ्गो विश्वको साझा दायित्व हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिङ्गो विश्वको साझा दायित्व भएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ बिआरएफ शिखर सम्मेलनमा सहभागी
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी हुनुभएको छ ।