• २३ वैशाख २०८१, आइतबार

गाजामा सर्वसाधारणमाथि भएको हमलाप्रति नेपालद्वारा दुःख व्यक्त

blog

परराष्ट्र मन्त्रालय

काठमाडौं, कात्तिक २ गते ।  नेपाल सरकारले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको हमलाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमण निन्दा गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘हामी नागरिकहरू विरुद्धको आक्रमण बारे गम्भीर रूपमा चिन्तित छौँ । विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौँ ।’’