एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताउनुभएको छ ।
जसपाको केन्द्रीय समिति बैठक
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
राष्ट्रसङ्घका महासचिव गुटेर्रेस भोलि नेपाल आउनुहुँदै
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस नेपालको औपचारिक भ्रमणमा आइतबार यहाँ आइपुग्नुहुने भएको छ । नेपाल सरकारका विभिन्न निकायले उहाँको भ्रमणको आवश्यक तयारी थालेको छ । आपसी भाइचारा र शान्तिको सन्देश विश्वलाई दिने उद्देश्यसहित महासचिव गुटेर्रेसको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको हो । विश्वका विभिन्न देशबिच आपसी मतभेदसँगै युद्ध र कलहमा जेलिइरहेका बेला महासचिव गुटेर्रेसको शान्ति भूमि नेपालको भ्रमणलाई महत्वका साथ हेरिएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार महासचिव गुटेर्रेस कतार एयरलाइन्सको जहाजबाट आइतबार दिउँसो १ बजे नेपाल अवतरण गर्नुहुने छ ।
नेपाली कांग्रेसको चियापान आज
कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । दसैँतिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताउनुभयो । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले भन्नुभयो, “बिपीले तत्कालीन अ
राष्ट्रियसभाको बैठक कात्तिक १४ मा
राष्ट्रियसभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ः४६ बजे बस्ने भएको छ ।
कांग्रेसले शनिबार चियापान कार्यक्रम आयोजना गर्दै
नेपाली कांग्रेसले शनिबार कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी ओलीबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।
कानुन बनाउँदा विचार, पार्टी र व्यक्ति होइन, देश र जनतालाई हेरौँ : सांसद जैसवाल
राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री एवं सांसद बिना जैसवाल संसद्मा समसामयिक विषयमा स्पष्टरूपमा विचार व्यक्त गर्नेमध्येमा पर्नुहुन्छ ।
तीनै तहको सरकार जनतातिर फर्कनुपर्छ : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले तीनै तहका सरकार जनतातिर फर्किनुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय, प्रदेश र संघीय सरकार जनमैत्री भएमा मात्रै बदलिएको व्यवस्थाको अनुभूति जनताले गर्न पाउने बताउनुभयो ।
एमालेको चियापान कार्यक्रम १५ गतेलाई सर्यो
नेकपा (एमाले) को चियापान कार्यक्रम निर्धारित समयभन्दा एक दिन ढिलोगरी १५ गतेका लागि सरेको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार दसैं, तिहार, छठ लगायतको पर्वको अवसरमा आयोजना हुने चियापान कार्यक्रम एक दिन पछि सरेको हो ।
राप्रपा अध्यक्ष लिङ्देन अमेरिका प्रस्थान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि बिहीबार साँझ प्रस्थान गर्नुभएको छ ।
वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन
तनहुँको शुक्लागण्डकी नगरपालिकामा वाम सहकार्य र समन्वयका लागि कार्यदल गठन गरिएको छ ।
भ्रष्टाचारको समूल अन्त्य हुनुपर्छ : डा कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासनका निम्ति भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
भ्रष्टाचारबिरुद्धको अभियान रोकिने छैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सुरु गरेको भ्रष्टाचारबिरुद्धको अभियान नरोकिने बताउनुभएको छ ।
अध्यक्ष तिमिल्सिना र बेल्जियमकी सभामुख डि होर्सबीच भेटवार्ता
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियम सिनेटका सभामुख स्टेफिन डि होर्सबीच भेटवार्ता भएको छ ।
‘देश बनाउन सबैको सङ्कल्प आवश्यक छ’
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशलाई समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
प्रतिपक्षको खबरदारी र सरकारको जवाफदेहिताबीच सन्तुलन अभाव छ: सांसद बराल
प्रतिनिधिसभा सदस्य भएपछिको पहिलो दसैँ सांसद सुनीता बरालका लागि केही भिन्न अनुभूतिको रह्यो । आफन्त र टोल–छिमेकमा छोरी, चेली, बहिनी भनेर विगतमा गरिने व्यवहारमा सायद भूमिकाका हिसाबले केही परिवर्तन पार्यो होला । उहाँसँग भेटघाटका अवसरमा व्यक्तिगत कुराकानीका साथै विकास, निर्माण र राजनीतिक स्थिति आदिबारे छलफल भए । “देशको राजनीति किन यस्तो भएको होला ? र अबको राजनीति कुन दिशातिर मोडिएला ?” भन्ने प्रश्नहरू सांसद बरालका सामु तेर्सिए ।
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्कनुभएको छ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएाक उहाँलाई त्यहीँ हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर आज (बुधबार) स्वदेश फर्कनु भएको हो ।
दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर नेपाल अघि बढेको छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसदले दिगो विकास लक्ष्यलाई केन्द्रविन्दुमा राखेर अघि बढेको बताउनुभएको छ ।
पुरानै संसदीय व्यवस्थाको भाष्य स्थापित गर्न खोजिँदैछ : सांसद कार्की
निर्वाचनमार्फत वर्तमान संसद् गठन भएको पनि करिब एक वर्ष पुग्न लागेको छ । संसद्को एकवर्षे अवधिमा भइरहेका अस्वभाविक परिघटनाका कारण संसद् र सांसदको भूमिकामाथि नै प्रश्न उठाउने गरिएको छ । संसद्को प्रमुख जिम्मेवारी कानुन निर्माण नै हो । संविधानसभाबाट संविधान जारी भइसकेपछि संविधान कार्यान्वयनसँग अत्यावश्यक मानिएका कानुन अझै निर्माण हुन सकिरहेको छैन ।
राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैंको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गर्नुभएको छ । साथै गुरु पुरोहितबाट पनि दसैंको दीका, जमरा, प्रसाद ग्रहण गर्नुभयो ।
जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको मुलुकमा सबै समुदायका धर्म संस्कृति, भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
शीर्ष नेताको दसैँ : प्रधानमन्त्री प्रचण्ड परिवारले टीका नलगाउने
घटस्थापनादेखि विधिवत् सुरु भएको बडादसैँ देशैभर मनाउनेक्रम जारी छ । दसैँको विशेष दिन आफूभन्दा ठूलाको हातबाट टीका, जमरा र आशिर्वाद थाप्ने परम्परागत चलन रहीआएको छ ।
संस्कृतिले सभ्य समाज निर्माणमा प्रेरणा दिन्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्नेगरेको बताउनुभएको छ । बडादसै, शुभ दीपावली, छठ एवम् नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा १९ मा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।