संस्कृतिले सभ्य समाज निर्माणमा प्रेरणा दिन्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्नेगरेको बताउनुभएको छ । बडादसै, शुभ दीपावली, छठ एवम् नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा १९ मा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नु सांसदको कर्तव्य हो : नेत्री खातुन
नेपाली कांग्रेसकी नेत्री जावेदा खातुन जागाले निर्वाचनका बेला नेताहरुले मतदातासमक्ष गरेका वाचा र प्रतिबद्धता पूरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताउनुभएको छ । सांसदसँग रासस संवादमा उहाँले चुनाव प्रसारप्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवासुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद मन्त्रालयमा भेटिनुलाई अन्यथा लिन नहुने धारणा राख्नुभयो ।
राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन
बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गर्नुभएको छ ।
अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग एनआरएनए अध्यक्ष शर्माको नेतृत्वको टोलीको भेट
अर्थमन्त्री डा प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनियुक्त अध्यक्ष राजेन्द्रकुमार शर्माको नेतृत्व नवनिर्वाचित कार्यसमितिले छुट्टाछुट्टै भेट गरेको छ ।
खर्चिलो निर्वाचन प्रणाली सुधार गर्नुपर्छ: सांसद ठकुरी
नेपाली कांग्रेसका नेता ऐनबहादुर शाही ठकुरी कानुन निर्माणसँगै आफ्नो जिल्लाका विकास निर्माण र जनताका समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराउनु सांसदको प्रमुख जिम्मेवारी भएको बताउनुहुन्छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार हुँदै
पेकिङ्ग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङमा उपचाररत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बन्दैगएको छ । हिजोदेखि आइसियुबाट जनरल वार्डको क्याबिनमा उहाँलाई सारिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानीसम्बन्धी सम्झौता
सुदुरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रवद्र्धन र बिकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने बिषयमा समझदारी भएको छ । आज महासंघमा आयोजित एक कार्यक्रममा सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना एङ्गोला जानुहुँदै
अफ्रिकी एङ्गोलाको लुवाण्डामा आयोजना हुने अन्तरब्यबस्थापिका सङ्घ (आइसियु) को १४७ औँ महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज राति एङ्गोला प्रस्थान गर्नुहुने भएको छ ।
राष्ट्रपति पौडेलले ९१ वर्षीया भाउजूको हातबाट टिका ग्रहण गर्नुहुने
राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजू विष्णुमाया पौडेलको हातबाट यस वर्षको विजया दशमीको टिका ग्रहण गर्नुहुने भएको छ ।
हामीलाई पछाडि फर्किने या रुमलिने छुट छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हामीलाई पछाडि फर्किने या यत्तिकै रुमलिने छुट नभएको बताउनुभएको छ । शनिबार नेपालीहरूको महान् पर्व विजयादशमीको शुभकामना दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको बताउनुभएको छ ।
अध्यक्ष ओलीद्वारा चियापान कार्यक्रम आयोजना
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा शुभकामना आदनप्रदानसहित चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ । बिर्तामोडको सिटी सेन्टरमा उहाँले शुभकामना आदनप्रदानसहित चियापान कार्यक्रम राख्नुभएको हो ।
पत्रकारले सही तथ्य बाहिर ल्याउनु पर्छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका पत्रकारलाई दक्ष बनाउन विभिन्नखालका तालिम गोष्ठीको आयोजना गर्न आमसञ्चार प्राधिकरण मधेश प्रदेशलाई निर्देशन दिनुभएको छ ।
एनआरएनए निर्वाचन विवाद : अध्यक्षको परिणाम प्रतिस्पर्धीद्वारा अस्वीकार
गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा बद्री केसी निर्वाचित भए लगत्तै उत्पन्न भएको विवाद समाधान भएको छैन । अध्यक्षमा केसी निर्वाचित भएको परिणाम आज विहान घोषणा भएपछि उहाँका प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्माले धाँधली भएको भन्दै उक्त मतपरिणामलाई अस्वीकार गर्नुभएको छ ।
सामुदायिक विद्यालय साधन स्रोतले सम्पन्न बनाऔँ : महासचिव पोख्रेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशभरका सामुदायिक विद्यालयलाई साधन स्रोत सम्पन्न बनाए मात्रै विद्यार्थीको आकर्षण बढ्ने बताउनुभएको छ ।
कात्तिक १४ गते महासचिव गुटेरेसले संसदमा सम्बोधन गर्नुहुने
इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ ।
प्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक : डा. राणा
प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादन (जिडिपी)मा पनि जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताउनुभएको छ ।
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. सापकोटा नियुक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा. रुपक सापकोटा नियुक्त हुनुभएको छ ।
राष्ट्रिय एकता हासिल गर्न चाडपर्वको विशिष्ट महत्व छ : प्रदेश प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकता हासिल गर्न र समृद्धि प्राप्तिका लागि मौलिक चाडपर्वको विशिष्ट महत्त्व रहेको बताउनुभएको छ ।
दुई तिहाइ सजाय भोगेका कैदी जेलबाहिर बस्न पाउने
दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीलाई कारागारबाहिर राख्ने मिल्ने गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो । कात्तिक १ गतेदेखि उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । अब दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीले तोकिएको सर्तसहित स्वतन्त्ररूपमा बाहिरै बसेर जीवनयापन गर्न पाउने छन् ।
सामाजिक सदभाव खल्बल्याउनेसँग सजग रहनुपर्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सामाजिक सद्भाव खलबल गरी मुलुकलाई कमजोर बनाउनेहरुसँग सजग रहनुपर्ने बताउनुभएको छ ।
नेतृत्वको असफलताले कोशीमा विद्रोह : मन्त्री लिम्बू
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले काङ्ग्रेसको केन्द्रीय नेतृत्वको अकर्मण्यताका कारण कोशी प्रदेशमा ८ जना सांसदले बिद्रोह गरेको बताउनुभएको छ ।
एमालेले चाडपर्वलक्षित चियापान १४ गते गर्ने
नेकपा (एमाले) ले दसैँ, तिहार, छठलगायत चाडपर्वको अवसरमा कात्तिक १४ गते चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।