• २३ वैशाख २०८१, आइतबार

एमालेले चाडपर्वलक्षित चियापान १४ गते गर्ने

blog

काठमाडौं, कात्तिक २ गते । नेकपा (एमाले) ले दसैँ, तिहार, छठलगायत चाडपर्वको अवसरमा कात्तिक १४ गते चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । 

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सो कार्यक्रम आयोजना हुने जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट नेपालीको महान् चाडहरुको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ ।”

उहाँका अनुसार कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कुटनीतिज्ञ र विशेषज्ञहरुलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो ।