• २६ वैशाख २०८२, शुक्रबार

कांग्रेसले शनिबार चियापान कार्यक्रम आयोजना गर्दै

blog

काठमाडौं, कात्तिक १० गते । नेपाली कांग्रेसले शनिबार कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । 

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रत्येक वर्ष आयोजना गर्दै आएको अवसरमा यो वर्ष पनि दसैँ, तिहार, नेपाल संवत्, छठ लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गरिने भएको छ । 

ललितपुरको सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा अपरान्ह २ देखि ५ बजेसम्म सो कार्यक्रम आयोजना हुने उहाँले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, प्रधानमन्त्री एवम् मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सांसद, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, कूटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवम् व्यवसायी, पेशागत एवम् बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मीलाई आमन्त्रण गरिएको उहाँको भनाइ छ । 

विसं. २०३३ मा बीपी कोइराला राष्ट्रि एकता तथा मेलमिलाप नीति लि स्वदेश फर्कनुभएको थियो । सोही उपलक्ष्यमा कांग्रेसले २०३४ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमामा चियापान समारोह गरी शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको छ ।