• २६ वैशाख २०८२, शुक्रबार

नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान समारोह आयोजना गर्ने

blog

काठमाडौं, कात्तिक २ गते । नेपाली कांग्रेसले दसैँ, तिहार, नेपाल संवत्, छठ लगायतका पर्वहरूको अवसरमा कात्तिक ११ गते कोजाग्रत पूर्णिमाको दिन चियापान तथा शुभकामना आदानप्रदान समारोह आयोजना गर्ने भएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिपी स्मृति भवनस्थित पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ देखि ५ बजेसम्म सो कार्यक्रम आयोजना हुनेछ ।

वि.सं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाका दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।