• २६ वैशाख २०८१, बुधबार

गठबन्धन नेतृत्वको सत्ता संकटमा परिसकेको छ : नेता थापा

blog

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक १ गते । प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले सत्ता गठबन्धन संकटमा परेको बताउनुभएको छ । गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार भेटघाटमा आज उहाँले यस्तो बताउनुभएको हो । 

एमाले नेता थापाले कोशी प्रदेशबाट सत्ता गठबन्धनको टायर पञ्चर हुन सुरु भएकाले अब सबै प्रदेशमा गठबन्धनको टायर पञ्चर हुँदैजाने बताउनुभयो । कोशी प्रदेशलाई मध्यावधि निर्वाचनबाट जोगाउन नेपाली कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेर विश्वासको मत दिएको उहाँले बताउनुभयो । 

सत्ता संचालनको नेतृत्वमा पुगेको गठबन्धन सरकारले नागरिकको हकहित विपरीत काम गरिरहेको आरोप उहाँले लगाउनुभयो । यही क्रममा अब केन्द्रीय सत्ता गठबन्धन छिट्टै ढल्ने उहाँको भनाइ छ । गठबन्धन सरकारले बजारमा मंहगी, कालोबजारी, विकास निर्माण ठप्प, चिनीको हाहाकारलगायतका समस्याले जनताको ढाड सेकिरहेको नेता थापाले टिप्पणी गर्नुभयो ।