• २३ वैशाख २०८१, आइतबार

महासचिव गुटेरेस १२ गते नेपाल आउनुहुँदै

blog

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ।

काठमाडौं, कात्तिक २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउनुहुने भएको छ । यही कात्तिक १२ देखि १५ गतेसम्म महासचिव गुटेरेस नेपालको औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको चारदेखि औपचारिक नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।

यसअघि गत असोज २६ गतेदेखि नेपाल भ्रमण गर्ने तय भएको महासचिव गटेरेसको भ्रमण स्थगित भएको थियो ।

गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका भ्रमणमा जानुभएको बेला महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

यो पनि पढ्नुहोस

मन्त्रिपरिषद् बैठकका ३२ निर्णय