• २६ वैशाख २०८२, शुक्रबार

प्रधानमन्त्री प्रचण्डबाट चितवनको तीन वटा खानेपानी आयोजनाको उद्घाटन

blog

वसन्त पराजुली 

चितवन, असोज २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निर्माण गरिने तीन वटा खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ । आइतबार बिहान उहाँले शारदा नगर, लजखेडी माई र दिब्यनगर खानेपानी आयोजनाको उद्घाटन गर्नु भएको हो ।

४६ करोड ७२ लाख रुपियाँ लागतमा निर्माण गरिएको शारदा नगर खानेपानी आयोजनाबाट तीन हजार पाँच सय घरधुरी लाभान्वित हुने छ भने दिब्यनगर खानेपानी आयोजनाबाट एक हजार आठ सय ५५ घरधुरी लाभान्वित हुने छन् । यसको लागत दुई करोड ९८ लाख रहेको छ । त्यसै गरी ३८ करोड ४० लाख लागतमा   जखेडीमाई खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । यो आयोजनाबाट तीन हजार ३६८ घरधुरी लाभान्वित हुने आयोजनाले जनाएको छ ।