• ५ असोज २०८१, शनिबार

वर्तमान सरकार ढल्दैन : अध्यक्ष नेपाल

blog

नेकपा एसको मेची–महाकाली अभियानको जनसभालाई सम्बोधन गर्नुहुदै अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी

सुर्खेत, असोज २८ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार नढल्ने बताउनुभएको छ । आइतबार वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियान कार्यक्रममा बोल्दै उहाँले गठबन्धन सरकार ढल्छ भनेर केहीले चुरिफुरी गरेको भन्दै त्यस्तो नहुने बताउनुभएको हो ।  

पूर्व प्रधानमन्त्री समेत रहेका उहाँले नेपालमा भ्रष्टाचारी व्याप्त रहेको बताउनुभयो । हामीले भ्रष्टाचारविरुद्धको आवाज लिएर पनि जनताको बीचमा आएका छौँ’ उहाँले भन्नुभयो, “देशमा भइरहेका बेथितिविरुद्धमा अभियान चलाउँदै समाजवादी पार्टीलाई जनताको पार्टीका रूपमा स्थापित गराइने छ ।”

न्यायका आवाज बुलन्द गर्दै एकीकृत समाजवादी जनताबीचमा आएको बताउनुभयो । उहाँले जनताकै बीचमा रहेर समाजवादीलाई बलियो पार्टी बनाइने बताउनुभयो । अध्यक्ष नेपालले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि राजाको शासनलाई ढाल्न ठूलो संघर्ष गरेको स्मरण गर्नुभयो । 

कार्यक्रमा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वालाले सम्बोधन गर्नुभएको थियो ।