• २६ वैशाख २०८२, शुक्रबार

अध्यक्ष ओलीद्वारा प्रशासकीय भवनको उदघाटन

blog

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उदघाटन सत्रमा । तस्बिर : सलिम मिया

सलिम मिया

बिजुवार, असोज २८ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उदघाटन  गर्नुभएको छ । 

पालिकाको बाहनेमा निर्माण गरिएको भवनको उहाँले आज आइतबार उदघाटन गर्नुभएको हो । सो अवसरमा पूर्वप्रधानमन्त्री ओलीले नयाँ प्रशासनिक भवनबाट काम सुरु भएपछि पालिकावासीलाई प्रदान गरिने सेवा प्रभावकारी र सेवाग्राहीमैत्री हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “यो भवन वन्नका लागि होइन, जनतालाई छिटो र प्रभावकारी सेवा उपलब्ध गराउनका लागि हो ।’ उदघाटन समारोहमा प्रतिनिधीसभा सदस्य सूर्य थापा, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीसहित सहभागी हुनुहुन्थ्यो । 


६ करोड १३ लाख ६० हजार ७ सय ३६ रुपियाँ ९ पैसा लागतमा बनेको तीन तले भवनमा सभाहलसहित ५२ कोठा छन् । सो भवनमा संघीय सरकार र गाउँपालिकाको ६०–४० प्रतिशत लागत छ । 

नौवहीनि पालिका अध्यक्ष दिलबहादुर थापाले प्रशासनिक सेवाका लागि अब भवनको अभाव नरहेको बताउनुभयो । भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको पालिकाले अबदेखि आफ्नो नियमित कामहरु आफ्नै भवनबाट सञ्चालन गर्ने उहाँले बताउनुभयो ।