काठमाडौँ, असोज २७ गते । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उहाँले बहुमत जुटाउनुभएको हो । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गर्नुभएको थियो । यो संख्या प्रदेश सभामाको कुल सदस्य संख्याको बहुमत हो ।
मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोले पनि दाबी गर्नुभएको थियो । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७-४७ सांसदको समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज (शनिबार) बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोक्नुभएको थियो ।
सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । सनाखतमा आङ्बो पक्षका समर्थक सनाखतका लागि कोही उपस्थित हुनु भएन ।