• २२ वैशाख २०८१, शनिबार

विकास-निर्माणका काममा राजनीति गर्न नहुने

blog

फाइल तस्बिर

पर्वत, असोज २७ गते । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा राजनीतिकरण गर्न नहुने बताउनुभएको छ । पर्वतको मोदी गाउँपालिका-२ देउपुरमा आज बिहान आयोजित एक श्रद्धाञ्जली सभामा तीनवटै तहका सरकारबिच समन्वय र सहकार्य हुन सकेमामात्र समृद्ध मुलुक बन्न सक्ने बताउनुभयो । 

मुलुकमा आएको राजनीतिक परिवर्तनपश्चात् विकास निर्माणका कामले जुन गतिमा अघि बढ्नुपर्ने त्यसअनुरूप हुन नसकेको बताउँदै समृद्धिका लागि राजनीतिभन्दा विकास निर्माणमा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले जिल्लाका सात वटै पालिकाका सडक कालोपत्र गरिएका बताउँदै आफ्नो कार्यकालसम्म ६१ वटै वडाका सडक पिच गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय विकास निर्माणका कार्य गर्दा विनाससमेत निम्त्याइएकाले दिगो एवम् फलदायी पूर्वाधार निर्माण आजको आवश्यकता भएको बताउनुभयो । रासस