• १९ वैशाख २०८१, बुधबार

उद्धारका लागि जहाज पठाइँदै

इजरायलमा रहेका नेपालीको उद्धार गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

blog

नेपाल एयरलाइन्सको जहाज इजरायल पठाउन भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरुसँग जानकारी लिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, असोज २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा रहेका नेपाली नागरिकको उद्धार गर्न निर्देशन दिनुभएको छ ।नेपाल एयरलाइन्सको जहाज पठाउन भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरुसँग त्यसबारे बुधबार जानकारी लिनुभएको छ । साथै प्रधानमन्त्री प्रचण्डले आजै  जहाज पठाउन निर्देशन गर्नुभएको हो ।

आजै बेलुकी नेपाल एयरलाइन्सको जहाज पठाउने निर्णय भएको छ । जहाज आज राति ११ बजे उड्ने र दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभएको छ ।

गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासले आक्रमण गरी इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । विद्रोही समूहको आक्रमणबाट एक नेपाली अहिले पनि बेपत्ता छन् । घर फिर्तीका लागि ३५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ ।

यो पनि पढ्नुहोस