देश अब एमालेले सम्हाल्छः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का उम्मेदवार केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न सक्ने शक्ति नेकपा (एमाले) मात्र रहेको बताउनुभएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमकमा आज नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा उहाँले आगामी चुनावपछि एमालेलेनै देश सम्हाल्ने बताउनुभयो ।
प्युठानमा उम्मेदवारको शक्ति परीक्षण, जित्ने दाउमा सबै
प्रतिनिधिसभा निर्वाचन फागुन २१ नजिकिँदै जाँदा एक निर्वाचन क्षेत्र रहेको प्युठानमा चुनावी माहोल तातिएको छ । एक लाख ६५ हजार ४ सय १० मतदाता रहेको जिल्लामा यस पटक अनुभव, संगठन र नयाँ अनुहारबिच प्रतिस्पर्धा देखिएको छ ।
निर्वाचन सुरक्षामा कडाइ : तनहुँमा ११८ जनाले बुझाए हतियार
निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले प्रशासनले गरेको आह्वानअनुसार जिल्लाका ११८ जना नागरिकले आफूसँग रहेका इजाजतप्राप्त हतियार बुझाएका छन् ।
दक्षिण कोरिया र ब्राजिलद्वारा व्यापार सम्झौतामा हस्ताक्षर
ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको दक्षिण कोरियाको राजकीय भ्रमणको क्रममा लुला र दक्षिण कोरियाली नेता ली जे म्युङले सियोलमा कृषिदेखि व्यापारिक सहयोगसम्म समेट्ने गरी बहुआयामिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।
निर्वाचनलाई उत्तेजना, आवेग र घृणाको मैदान नबनाउन आग्रह
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनलाई उत्तेजना, आवेग र घृणाको मैदान नबनाउन आग्रह गर्नु भएको छ ।
संविधान संशोधन आवश्यक छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ।
मुस्ताङमा बढ्यो चुनावी चहलपहल
मुस्ताङका बस्ती आसपासका डाँडा हिउँले छपक्कै ढाकिएको छ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनको मतदान गर्ने दिन नजिक आइपुगेपछि उम्मेदवार अहिले मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् ।
रास्वपाका सभापति पराजुली कांग्रेसमा प्रवेश
राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली उक्त पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
कोतो–नार्पाभूमि सडक खुलेसँगै तात्यो चुनावी माहोल
हिमालपारीको जिल्ला मनाङमा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरूले तीव्र रूपमा प्रसार–प्रचार सुरु गरेसँगै गाउँबस्तीमा चुनावी सरगर्मी बढेको हो ।
माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा
भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब निर्णायक मोडमा पुगेको दाबी गरेको छ । एक वरिष्ठ माओवादी गुरिल्ला कमान्डरले आत्मसमर्पण गरेपछि केन्द्र र प्रभावित राज्यले विद्रोह अन्त्यतर्फको ‘अन्तिम चरण’ सुरु भएको बताएका हुन् ।
धादिङ बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धादिङ दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले घटनाका मृतकहरुप्रति श्रद्धान्जली दिँदै उहाँहरुको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
मुस्ताङमा ६ महिला निर्वाचन अधिकृत
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ६ जना महिलालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
लुम्बिनी मन्त्रिपरिषद् बैठकः दुई विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति
लुम्बिनी प्रदेश सरकारले दुई वटा विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ। थारु समुदायका प्रथाजनित प्रणाली, मूल्य मान्यता तथा असल अभ्यासलाई संस्थागत गर्ने र छाडा चौपाया व्यवस्थान गर्न विधेयक तर्जुमा कागि सैद्धान्तिक सहमति दिएको हो।
बागलुङको गुमेको राष्ट्रिय गौरव फर्काउन जोड दिन्छु : खड्का
राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ निर्वाचन क्षेत्र न.१ का उम्मेदवार सुशील खड्काले बागलुङको गुमेको राष्ट्रिय गौरव फिर्ता गर्ने बताउनुभएको छ ।
‘निर्वाचन हुन्छ, शङ्का नगर्नूस्’
गोरखापत्र संस्थान अन्तर्गत रहेका विभिन्न प्रकाशनमा आबद्ध सञ्चारकर्मीका लागि निर्वाचन समाचार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । निर्वाचन आयोगसँगको सहकार्यमा गोरखापत्र संस्थान अन्तर्गत गोरखापत्र एकेडेमीले कार्यक्रमको आयोजना गरेको हो ।
सबै दलका नारामा सुशासन
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरेका छन् । आवधिक निर्वाचनभन्दा दुई वर्षअघि नै हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको जग भ्रष्टाचार अन्त्य, सुशासन कायम गर्ने, सरकारी सेवा डिजिटल माध्यमबाट सहज र सर्वसुलभ सेवा हो । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको मूल मुद्दा यही हो ।
निर्वाचन चिह्नको दुरुपयोग नगर्न आयोगको निर्देशन
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न दुरुपयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।
चुनावी एजेन्डामा छाडा चौपाया र फोहर व्यवस्थापन
रुपन्देहीको तिलोत्तमा नगरका मतदाताले रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ समक्ष छाडा चौपायाको समस्या समाधान गर्न माग गरेका छन् ।
निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ।
सुरक्षाका लागि तयार निर्वाचन प्रहरी
पाँचथरमा निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई पोसाक उपलब्ध गराइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरसहितका सुरक्षा एकाइले आइतबार उनीहरूलाई पोसाक वितरण गरेका हुन् ।
निर्वाचन भयरहित सम्पन्न गर्न मिडियाको भूमिका महत्त्वपूर्ण हुन्छ : सचिव बस्नेत
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
सन् २०४५ सम्म ‘नेटजिरो उत्सर्जन’ राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता
ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन् २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र बनाउने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गरिने नेपाली कांग्रेसले जनाएको छ ।
अदालतको फैसला र अमेरिका-चीन अन्योल
राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउँदै आउनु भएका व्यापक करलाई अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिएपछि अमेरिका-चीन व्यापार सम्बन्ध नयाँ अनिश्चिततामा प्रवेश गरेको छ ।
अमेरिका इरानमा सैन्य आक्रमणको तयारीमा : पूर्व सिआइए अधिकारीको दाबी
अमेरिकाका पूर्व सिआइए अधिकारी जोन किरियाकोउले आगामी हप्ताको सुरुमा इरानविरुद्ध सैन्य आक्रमण गर्ने अन्तिम निर्णय भइसकेको दाबी गर्नु भएको छ ।