अब परिवर्तन सुनिश्चित छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका सम्बन्धमा मतदाता स्वयं सचेत रहेकाले आफूले धेरै भन्नु नपर्ने बताउनुभएको छ ।
कञ्चनपुरका सीमा नाकाबाट तीन दिन आवागमन बन्द
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दे कञ्चनपुरका सीमा नाकाहरूबाट तीन दिन आवागमन बन्द गरिने भएको छ ।
देश गम्भीर परिस्थितिमा छ, सोचेर मात्र मतदान गर्नुस् : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश गम्भीर परिस्थितिमा रहेको बताउँदै सोचेर मात्र मत व्यक्त गर्न आग्रह गर्नुभएको छ ।
अबको पाँच वर्ष परिवर्तनको स्वर्णिम वर्ष बनाइने छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई देश परिवर्तनको स्वर्णिम वर्षका रूपमा विकास गर्ने उद्घोष गर्नुभएको छ ।
‘चुनावी तालमेलको विषयमा छलफल भएको छैन’
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिलेसम्म निर्वाचनमा अन्य दलसँग चुनावी तालमेलको विषयमा छलफल नभएको बताउनुभएको छ ।
काठमाडौँ उपत्यकाको विकासका लागि कांग्रेसका उम्मेदवारद्वारा 'भिजन १०' सार्वजनिक
संघीय राजधानी काठमाडौँ उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवारका तर्फबाट ‘नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिबद्धता पत्र: भिजन १०’ सार्वजनिक गरिएको छ ।
कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको छ ।
असहज परिस्थितिमा निर्वाचन सुनिश्चित, देशलाई निकास दिन निर्वाचन नै विकल्प : संयोजक दाहाल
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको वर्तमान असहज परिस्थितिलाई सहज निकास दिन फागुन २१ गतेको निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।
सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ :सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताउनुभएको छ ।
सुदूरपश्चिमका महत्वपूर्ण आयोजना पूरा गर्न मेरो उम्मेदवारी : उपमहासचिव भट्ट
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिमका महत्वपुर्ण अधुरा आयोजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।
सोलुखुम्बुमा त्रिपक्षीय प्रतिस्पर्धा : पुराना शक्तिलाई नयाँको चुनौती
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै सोलुखुम्बुमा चुनावी सरगर्मी बढेको छ । १२ दलले निर्वाचनमा भाग लिएको यस जिल्लामा मुख्य गरी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाली कांग्रेस पाल्पाको घोषणापत्र सार्वजनिक : स्वास्थ्य, पर्यटन, कृषि र भौतिक पूर्वाधार प्राथमिकतामा
नेपाली कांग्रेस पाल्पाले जिल्लाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हिमालदत्त श्रेष्ठले नेपाली कांग्रेस अब बदलीएको बताउनुुभएको छ ।
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
रास्वपाका जिल्ला सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीका संस्थापक जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
पाँच वर्षमा पाँच क्रान्ति गर्ने एमालेका उम्मेदवार पोखरेलको प्रतिबद्धता
दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पाँच वर्षभित्र पाँच क्रान्ति गर्ने संकल्प सार्वजनिक गर्नुभएको छ।
'पृथ्वी पथ'लाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने एक मात्र राजनीतिक दल राप्रपा हो : लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहले प्रतिपादन गरेको राष्ट्रिय एकता, स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र र विदेशी हस्तक्षेपप्रति सचेत रहने नीतिबोक्ने पार्टी आफूहरुको मात्र भएको बताउनुभएको छ ।
मोरङ कारागारका कैदीको उपचारका क्रममा मृत्यु
मोरङको उर्लाबारी नगरपालिका–३ निवासी ३७ वर्षीय सनम तामाङको बुधबार राति उपचारकै क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
जेनेभामा इरान वार्ताः क्षेप्यास्त्र विवाद ओझेलमा
नयाँ द्वन्द्व टार्ने प्रयास स्वरूप अमेरिका र इरानबिच स्विट्जरल्यान्डको जेनेभामा अप्रत्यक्ष वार्ताको नयाँ चरण सुरु हुन लाग्दा वासिङ्टनले सार्वजनिक रूपमा उठाउँदै आएको क्षेप्यास्त्र मुद्दालाई केही हदसम्म पन्छाएको सङ्केत देखिएको छ ।
महोत्तरीमा शीर्ष नेताको चहलपहलले चुनावी माहोल तातियो
पछिल्ला दिनमा विभिन्न दलका शीर्ष नेताहरूको आगमनले महोत्तरीमा चुनावी माहोल तातेको छ। बुधबार एकै दिन जिल्लाका विभिन्न स्थानमा प्रमुख दलका शीर्ष नेताहरूले चुनावी सभालाई सम्बोधन गरेका छन्। महोत्तरी निर्वाचन क्षेत्र नं. १ को बर्दिवासमा रवि लामिछाने र हर्क साम्पाङ ले चुनावी सभालाई सम्बोधन गर्नुभयो।
कांग्रेस सभापति थापा शुक्रबार बागलुङ आउनुहुने
प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगन कुमार थापा बागलुङ आउने हुनुभएको छ ।
एकाउन्न प्रतिशत महिला मतदाता, एक जना महिला उम्मेदवार
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ का रविरत्न श्रेष्ठ कृषि पेसामा संलग्न हुनुहुन्छ । काठमाडौँमै अर्गानिक तरकारी पु¥याउने अठोटका साथ उहाँले २०७६ मा वैदेशिक रोजगारीबाट फर्किएपछि कृषि कर्म थाल्नुभएको हो । उहाँले चार लाख रुपियाँभन्दा बढी लागतमा टहरा बनाएर मौसमी तरकारी लगाउनुभएको छ । लगानी थपेपछि आम्दानी केही वृद्धि भएको छ । उहाँले भन्नुभयो, “तर भने जस्तो उत्पादन छैन । लगानी र मेहनत धेरै आम्दानी सीमित भएकाले खर्च धान्न समस्यै छ ।”
निर्वाचन प्रचारप्रसार १८ गते मध्यरातिदेखि निषेध
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ ।
जनप्रतिनिधिबाटै आचारसंहिता उल्लङ्घन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार गर्ने क्रममा स्थानीय तहका जनप्रतिनिधिले पनि प्रत्यक्ष रूपमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी निर्वाचन प्रचारप्रसारमा लागेको पाइएको छ ।
७२ घण्टा अघि नै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि नै सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।