चुनावबाट एमाले महाधिवेशन प्रतिनिधि चयन
नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सिराहा क्षेत्र नम्बर १ मा चुनावबाट प्रतिनिधि चयन भएको छ । शनिबार साँझसम्म भएको निर्वाचन मत परिणाम आइतबार सार्वजानिक गरिएको हो ।
कैलालीबाट एमालेका २६ जना महाधिवेशन प्रतिनिधि छानिए
सुदूरपश्चिममा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीबाट नेकपा(एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि २६ जना प्रतिनिधि चयन भएका छन् ।
एमाले गोरखाबाट ११ औँ महाधिवेशनका लागि नौ जना प्रतिनिधि चयन
नेकपा एमालेको ११ औँ महाधिबेशनका लागि गोरखाबाट महाधिवेशन प्रतिनिधि नौ जना छनोट भएका छन् । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनका लागि गोरखामा शनिबार भएको मतदानबाट प्रतिनिधि चयन गरिएको हो
भाडाकै घरमा गुल्मीका तीन स्थानीय सरकार
गुल्मीका तीन स्थानीय सरकारले अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्दैै आएका छन् । स्थानीय तहको संरचना निर्माण भएको आठ वर्ष पुग्दासमेत तीन स्थानीय सरकारले प्रशासनीक भवन समेत बनाउन सकेका छैनन् ।
एमालेमा दलितको भोट चल्दैन भन्ने भ्रामक प्रचार हो : महासचिव पोख्रेल
नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले ‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार भइरहेको बताउनुभएको छ ।
एमाले महाधिवेशन प्रतिनिधि छनोट : कञ्चनपुरमा कतै सर्वसम्मत, कतै निर्वाचन
नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट कतै सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ भने कही निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएका छन् ।
बिस निर्वाचन क्षेत्र : दलितको मत नै हुन्छ निर्णायक
प्रत्यक्ष (बढीमतीय) १६५ निर्वाचन क्षेत्रमध्ये करिब २० वटा निर्वाचन क्षेत्रमा दलित समुदायको जनसङ्ख्या अन्य जातजातिको भन्दा धेरै छ । जहाँ दलितको भोटले मात्रै पनि निर्वाचन जित्न सकिने सम्भावना रहेको दलित नागरिक समाजको दाबी छ ।
जेनजी आन्दोलनले ल्यायो दलीय रूपान्तरण
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि दलहरू एकीकृत हुँदै रूपान्तरणको अवस्थामा पुगेका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि दलले एकीकरणमार्फत बलियो हुने प्रयास गरेका हुन् ।
एमाले सल्यानबाट आठ प्रतिनिधि सर्वसम्मत चयन
सल्यानबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका छन् । खुल्ला ४ जना, महिला २ जना, युवा १ जना र दलित समुदायतर्फको प्रतिनिधि १ जना गरेर जम्मा ८ जना प्रतिनिधि सर्वसम्मत चयन भएको एमाले सल्यानले जनाएको छ ।
एमाले गुल्मीबाट २० प्रतिनिधि छनौट
नेकपा (एमाले) को ११ औं महाधिवेशनका लागि २० जना प्रतिनिधि छनौट भएका छन् । खुला सदस्य नौ जनाको लागि ३४ जनाको मनोनयन दर्ता भएको थियो ।
बालुवाटारमा प्रधानमन्त्रीसँग राप्रपा नेताको छलफल
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बालुवाटर पुग्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिमण्डलसँग छलफल गर्नुभएको हो । छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ।
गृहमन्त्री अर्यालद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको समयमा क्षतिग्रस्त भएका प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गर्नुभएको छ।
एमाले महाधिवेशनः बुद्धिजीवी परिषद् र प्रेस चौतारीबाट प्रतिनिधि चयन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ।