प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता : दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ।
सम्झौता बिना टुङ्गियो अमेरिका-इरान वार्ता
मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबिच तेहरानको आणविक कार्यक्रमबारे भएको पछिल्लो अप्रत्यक्ष वार्ता कुनै ठोस सम्झौता बिना समाप्त भएको छ । जेनेभामा बिहीबार घण्टौँ चलेको संवादपछि दुवै पक्ष बाहिरिए पनि तनाव घट्ने सङ्केत स्पष्ट देखिएको छैन ।
इन्फोग्राफिक्समा निर्वाचनको सम्पूर्ण विवरण : सात लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन
निर्वाचनलाई भयरहित बनाउन सात लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाल प्रहरी ७५ हजार ७८७, नेपाली सेना ७८ हजार ७२७ र निर्वाचन प्रहरी (म्यादी) एक लाख ४९ हजार ५० जना रहेका छन् ।
पुरुष-उत्तराधिकारमै अडिग ताकाइची
जापानमा शाही उत्तराधिकारको भविष्यबारे बहस तीव्र बन्दै गइरहेका बेला प्रधानमन्त्री साने ताकाइचीले पुरुष मात्रै सिंहासनमा बस्ने परम्परा परिवर्तन नगर्न स्पष्ट अडान लिनु भएको छ ।
ढुक्क भएर मतदान गर्नुस् : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताउनुभएको छ।
आफैंलाई उम्मेदवार मानेर मत माग्न सभापति थापाको आग्रह
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई आफैँलाई उम्मेदवार ठानेर आम नागरिकसँग मत माग्न आग्रह गर्नुभएको छ।
लोकतान्त्रिक प्रणालीको रक्षाका लागि कांग्रेसको जित अपरिहार्य : नेता निधि
नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार बिमलेन्द्र निधिले संविधान तथा लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसको जित अपरिहार्य रहेको बताउनुभएको छ।
सुशासन र विकासका लागि कांग्रेसलाई बहुमत दिनुस् : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा सुशासन र विकासका लागि नेपाली कांग्रेसलाई बहुमत दिन आग्रह गर्नुभएको छ ।
राजनीतिक संकट अन्त्यका लागि निर्वाचन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट अन्त्यका लागि निर्वाचनमा जानुपरेको बताउनुभएको छ । शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बा सँग विद्यार्थी कार्यक्रम’ मा उहाँले देशमा आइपरेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको प्रष्ट पार्नुभयो ।
कास्कीमा निर्वाचन आचारसंहिताको पालना प्रभावकारी
कास्की जिल्लामा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसँगै उल्लङ्घनसम्बन्धी लिखित उजुरी शून्य रहेको पाइएको छ ।
निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ ।
नेपालगन्ज–डुडुवा ‘कनेक्टिभिटी’ डुडुवाको विकासको प्रमुख आधारः पूर्वमन्त्री राई
पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जसँग जोडिएका डुडुवालाई विकासको दृष्टिले पछाडि परेको बताउँदै यसलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
कांग्रेस नयाँ नेतृत्वसहितको पार्टी हो : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछिका सबैभन्दा बदलिएर, नयाँ र युवा नेतृत्वसहित आएको पार्टी कांग्रेस मात्रै भएको दाबी गर्नुभएको छ ।
गुल्मी–२ मा विरासत जोगाउने र तोड्नेबिच प्रतिस्पर्धा
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नं. २ मा लामो समयदेखिको राजनीतिक विरासत जोगाउने र तोड्नेबिच प्रतिस्पर्धा देखिएको छ ।
बिबिसी डकुमेन्ट्री भूराजनीतिक चलखेल : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार शङ्कर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बिबिसी डकुमेन्ट्रीलाई भूराजनीतिक चलखेलको संज्ञा दिनुभएको छ ।
सप्तरी १ र २ मा कांग्रेसलाई समर्थनपछि चुनावी माहोल तात्यो
सप्तरीका चिरपरिचित दुई पूर्वसांसदले प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेपछि जिल्लाका निर्वाचन क्षेत्र नं. १ र २ मा नयाँ चुनावी तरंग देखिएको छ ।
विकास, सुशासन र किसानका मुद्दामा प्रतिस्पर्धा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)–१ लाई यस पटक अत्यधिक चासोका रूपमा हेरिएको छ । विशेष गरी विनोद चौधरी पुनः उम्मेदवार बनेसँगै यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने भएको छ ।
उम्मेदवार, शिक्षक र कर्मचारीलाई जरिबाना
निर्वाचन आचारसंहिता उल्लङ्घनमा संलग्न रहेको आरोपमा निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका उम्मेदवार, सरकारी कर्मचारी तथा शिक्षकलाई जरिबाना र विभागीय कारबाही गर्ने निर्णय गरेको छ । आचारसंहिताविपरीत गतिविधि गरेको आरोपमा आयोगले नेपाली कम्युनिस्ट पार्टीका जाजरकोट निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई २५ हजार रुपियाँ जरिबाना गर्ने निर्णय गरेको छ । मनोनयन दर्ताका लागि बाजागाजा बजाउँदै सो क्रममा उपस्थित व्यक्तिलाई पाँच सय रुपियाँको नोट प्रदान गरेको उजुरी आयोगमा परेको थियो ।
सप्तरीका युवालाई रोजगारी दिने सिके राउतको प्रतिबद्धता
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
उम्मेदवारीमा ४०–४९ उमेरकै वर्चस्व
प्रतिनिधि सभाका २७५ सदस्यका लागि फागुन २१ गते निर्वाचन सम्पन्न हुँदै छ । २०७९ को निर्वाचनबाट गठित प्रतिनिधि सभा भदौ २३ र २४ को आन्दोलनपछि विघटन भएसँगै नयाँ निर्वाचन हुँदै छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) बाट १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने छन् । प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीतर्फ गरी कुल छ हजार ५४१ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये २७५ जना फागुन २१ को निर्वाचनबाट निर्वाचित हुने छन् ।
निर्वाचनमा चार दलबिच मुख्य प्रतिस्पर्धा हुन्छ : संयोजक प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा चार दलबिच मुख्य प्रतिस्पर्धा हुने बताउनुभएको छ ।
‘मत सर्वेक्षण ‘लाइभ’ बन्द गर्न अनलाइनलाई आयोगको निर्देशन
निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ।
सत्तामा हुँदा पनि गलत कदमको विरोध गर्ने साहस राख्छु : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा देशको राजनीतिलाई नयाँ युगमा लैजाने बताउनुभएको छ।
अध्यक्ष ओलीको घरदैलो : विकास र भूमिसम्बन्धी समस्या समाधान गर्ने आश्वासन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा (एमाले) एक्लै चुनावी मैदानमा रहेको बताउनुभएको छ ।