प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकता : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिगो विकासका लक्ष्य प्राप्त गर्न वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
रैथाने बाली संरक्षण जरुरी
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कृषि प्रजातिका धेरै रैथाने बाली लोपोन्मुख हुने अवस्थामा पुगेको बताउनुभएको छ ।
अनुसन्धान जारी : पक्ष विपक्षबिच जुहारी
भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अनुचित लेनदेनको आशङ्कापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत दुई सातादेखि विस्तृत अनुसन्धान गरिरहेको छ ।
जन्मदिनमा मुख्यमन्त्रीले रोप्नुभयो श्रीखण्डको विरुवा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जन्मदिनको अवसरमा श्रीखण्डको विरुवा रोपण गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्माणाधीन भवनको परिसर क्षेत्रमा श्रीखण्डका विरुवा रोपेर उहाँले आफ्नो जन्मदिन मनाउनु भएको हो ।
दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड
ललितपुर, जेठ २१ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय समता दिवस तथा छुवाछुतमुक्त राष्ट्र घोषणाको सन्दर्भमा नेपाली कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘दलित समुदायको वर्तमान अवस्था र समस्या समाधानमा राज्य एवं राजनीति दलको भूमिका’ विषयक अन्तरसंवाद गरेको थियो । सो अन्तरसंवादको समापन समारोहमा उहाँले असमानताको अन्त्य गरेर मात्र लक्ष्यमा पुग्न सकिने बताउनुभयो । उहाँले लोकतन्त्र र बहिष्करणसँगसँगै जान नसक्ने उल्लेख गर्नुभयो ।“अबको १० वर्षसम्मको अभियान के हुनसक्छ भनेर योजनाबद्ध रुपमा लाग्नुपर्छ, आजको छलफल विचार उत्तेजक र ज्ञानवद्र्धक पनि भएको छ,” महामन्त्री थापाले भन्नुभयो, “स्वर्गीय प्रदीप गिरीले भन्नुभएअनुसार राजनीतिज्ञहरु बौद्धिक रुपमा ठीक ठाउँमा हुँदाहुँदै कतिपय अवस्थामा भावनात्मक रुपमा ठिक ठाउँमा नहुन पनि सक्छन्, यसमा हामीले ध्यान दिनुपर्नेछ ।”पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सत्तामा पुग्न नेतृत्वले गरेको व्यवहार र सोचका कारण विभेदको अन्त्य नभएको बताउनुभयो । बहसमा मात्रै केन्द्रीत नभएर समस्यालाई समाधानमा लाग्नुपर्ने उहाँको भनाइ छ ।पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले सुरु गरेको असमानता, छुवाछूत र विभेद्विरुद्धको अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभयो । “नेपालमा मात्रै विभेद छ भन्ने भाष्य पनि सही छैन, देशको आधा जनसङ्ख्या महिला हुँदा पनि स्वीजरल्याण्डमा त लामो समयसम्म मताधिकार नै दिइएको थिएन, पछि मात्रै भएको हो । यो सबै कुरा शिक्षा र चेतनाले फरक पार्दो रहेछ, हामीले यसलाई तत्कालै ध्यान दिनुपर्छ, नियम र कानुनले मात्रै हुँदैन” उहाँले भन्नुभयो ।नागरिकको घरघरमा पुग्ने संस्था भनेको राजनीतिक दलहरू नै भएकाले छुवाछूतविरुद्ध बाँकी रहेको अवशेष हटाउन क्रियाशील हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
युवाका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाहरुका साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गर्नुभएको छ ।
राजनीतिक दल समावेशी हुनुपर्छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय व्यवस्थामा दल आफैँ समावेशी नभएसम्म राज्यका अन्य संरचना समावेशी हुन नसक्ने बताउनुभएको छ।
जिल्लाको अधिवेशन गराउन उपेन्द्र यादव नेपालगन्जमा
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका केन्द्रीय नेता लुम्बिनी प्रदेशका तीन वटा जिल्लाको अधिवेशन सम्पन्न गराउन नेपालगञ्ज पुग्नुभएको छ ।
निजी क्षेत्रलाई समेटेर विकास गर्नुपर्छ : परराष्ट्रमन्त्री डा. राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले निजी क्षेत्रलाई समेटेर विकासको खाका तयार गर्नुपर्ने बताउनु भएको छ।
प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबार मात्र बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार बुधबार दिउँसो १ बजे बस्ने भनिएको बैठक ३:१५ बजेका लागि सरेको थियो।
‘जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ’
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असरबाट नेपाल विश्वको तुलनामा सबैभन्दा बढी प्रभावित मध्येको मुलुक भएको बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेको छ।
नदीजन्य वस्तु विदेशमा बेच्ने वातावरण बन्दैछ : अर्थमन्त्री
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य, नदीजन्य वस्तुहरू उत्खनन गरेर स्वदेशमा मात्रै नभई विदेशमा समेत बेच्ने वातावरण बनाउन सरकार लागेको बताउनुभएको छ ।
भिजिट भिसा प्रकरण : छानबिन समिति बनाउन माओवादी केन्द्रको माग
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने माग गर्नुभएको छ । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गर्नुभएको हो ।
भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छुः गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताउनुभएको छ । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा समितिमा जवाफ दिनुहुँदै गृहमन्त्री लेखकले सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरुसँग आग्रह गर्नुभयो ।
‘दलित समुदायको समुचित उत्थानका लागि विशेष पहल तथा नीति आवश्यक’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जबसम्म दलित समुदायले समान अवसर प्राप्त गर्दैनन्, तबसम्म समतामूलक समाजवादोन्मुख राष्ट्र निर्माण असम्भव रहने बताउनुभयो ।
कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताउनुभएको छ ।
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ ।
मन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेटवार्ता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत युसुफ अब्देलघानीले मङ्गलबार शिष्टाचार भेटवार्ता भएको छ ।
जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
जातीय विभेदविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख
सभामुख देवराज घिमिरेले सामाजिक सद्भाव, समता र सहअस्तित्वको भावना मजबुत बनाउँदै जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा सबै नागरिक, सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, शैक्षिक संस्था तथा सरोकारवाला पक्षहरू एकढिक्का भई लाग्न अत्यावश्यक औँल्याउनुभयो ।
छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्छः अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राज्यका सबै संरचना, राजनीतिक नेतृत्व, नागरिक समाज तथा आम नेपाली जनताले मानव जातिको इतिहासमा सामाजिक कलङ्ककै रुपमा रहेको जातीय विभेद तथा छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
छुवाछूत उन्मूलन गर्न सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन गर्न भएका ऐन/कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता औँल्याउनुभएको छ ।
दरबार हत्याकाण्ड छानबिन गर्न माग
राष्ट्रिय सभाका सदस्यले दरबार हत्याकाण्डको छानबिन हुनुपर्ने माग गर्नुभएको छ । पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गर्दै सभाका सदस्यले २०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डको छानबिन गर्न माग गर्नुभएको हो ।