नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठयक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताउनुभएको छ ।
नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न
राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न गरेको छ । उक्त विधेयकमाथि ४६ जना सांसदबाट विभिन्न ८५ वटा संशोधन परेका थिए ।
अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैनः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ ।
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।
चालु बजेट अधिवेशनबाटै शिक्षा र निजामती ऐन जारी हुन्छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु बजेट अधिवेशनबाट विद्यालय शिक्षा र निजामती सेवा ऐन जारी हुने बताउनुभएको छ ।
सञ्चारमन्त्री गुरुङ विराटनगरमा, गोरखापत्र कार्यालयको निरीक्षण गर्नुहुने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार गोरखापत्र संस्थानको पूर्व क्षेत्र प्रकाशन विराटनगर कार्यालयको निरीक्षण गर्नुहुने भएको छ ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्को दुवै सदनको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको छ ।
नेपालको टीपीएस खारेज, दुई महिनाभित्र अमेरिका छोड्नुपर्ने
अमेरिकी गृह सुरक्षा विभागले नेपालको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । बिहीबारबाट लागू हुने गरी ६० दिनभित्र अमेरिकामा बस्दै आएका नेपालीहरुले स्वैच्छिकरुपमा अमेरिका छोड्नुपर्नेछ वा अन्य वैकल्पिक कानुनी मार्ग अपनाउनुपर्नेछ ।
भिजिट भिसा प्रकरण छानबिन गर्न सरकार तयार नभएसम्म संसद् खुल्दैन: माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको समग्रतामा छानबिन गर्न सरकार तयार नभएसम्म संसद् नखुल्ने टिप्पणी गर्नुभएको छ ।
भ्रष्टाचार गरेको छैन, राजनीतिक प्रतिशोध साँधियोः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार नगरेको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो दाबी गर्नुभएको हो।
संसद्को गतिरोध अन्त्य गर्न प्रतिपक्षीलाई जिम्मेवार बन्न एमाले प्रमुख सचेतकको आग्रह
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोध अन्त्य गर्नका लागि प्रतिपक्षी दलहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।
राज्यलाई हानी पुर्याउने कुनै काममा मेरो संलग्नता छैन : पूर्व प्रधानमन्त्री नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कुनै किसिमको अनुचित कार्य नगरेको बताउनुभएको छ।
सबै पार्टी र सबै नेताहरू एकै हुन् भन्नु नै गलत: सञ्चार मन्त्री गुरुङ
सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सबै पार्टी र नेताहरू एकै हुन् भन्ने गलत भाष्य निर्माण गर्न नहुने बताउनुभएको छ ।
राष्ट्रिय सभाको बैठकमा बजेटमाथि छलफल
राष्ट्रियसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको छ।
लगानी बोर्डको ६४ औँ बैठक : मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृत
प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१ दशमलव ०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत भएको हो।
पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
वातावरणीय न्यायको पक्षमा आवाज बुलन्द गर्न अध्यक्ष दाहालको आग्रह
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
इलाका प्रशासनबाट नागरिकता वितरण अझै सहज बनाइने
गृहमन्त्री रमेश लेखकले इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रियालाई अझै सहज बनाउन लागिएको बताउनु भएको छ ।
मौसमजन्य विपद् व्यवस्थापनमा आवश्यक बजेट हुन्छ : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले उद्धार कार्यका लागि आवश्यक उपकरणहरू खरिदमा प्रदेश सरकारले बजेट व्यवस्था गर्ने बताउनुभएको छ ।
कांग्रेस सभापति देउवा धनुषा आउनुहुँदै
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज धनुषा जिल्ला आउन लाग्नुभएको छ । उहाँले जिल्लाको दुई कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम तय भएको छ ।
दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत बिहीबार दुवै सदनको बैठक बस्दै छ । जसअन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
प्लाष्टिकजन्य सामग्रीको विकल्प खोज्न आग्रह
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्लाष्टिकजन्य सामग्रीको विकल्प खोज्न आग्रह गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा बिहीबार शुभकामना दिनुहुँदै जैविक विविधतामा सङ्कट निम्त्याएको प्लाष्टिक लगायतको प्रदूषणबाट गम्भीर वातावरणीय परिणाम कम गर्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
प्लास्टिक प्रदूषण अन्त्यका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री आचार्य
विश्व वातावरण दिवस २०२५ को अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्लास्टिक प्रदूषण अन्त्य गर्दै स्वच्छ वातावरण निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । बिहीबार विश्व वातावरण दिवस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले प्रकृतिमुखी जीवनशैली अवलम्बनमा जोड दिनुभएको हो ।