सुरक्षा अवस्थाबारे बुझ्न गृहमन्त्री बाजुरामा
बाजुराको सुरक्षा अवस्था बारे बुझ्न गृहमन्त्री ओमप्रकाश बाजुरामा पुग्नु भएको छ ।
मोरङ ६ मा बुढाथोकीको समर्थन ढकाललाई
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएका बसन्त बुढाथोकीले नेकपा (एमाले) लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको छ।
‘उत्तेजनाले देश बन्दैन, नीतिगत दृढता चाहिन्छ’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं लमजुङका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अफवाह, झुट र उत्तेजनाले देश नबन्ने बताउनुभएको छ ।
६८ नेता कार्यकर्ता एमालेमा प्रवेश
भोजपुरमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस आबद्ध रहेका ६८ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।भोजपुरको आमचोक गाउँपालिका –७ सागुरीमा नेकपा र कांग्रेसका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।
यो निर्वाचन जनमत सङ्ग्रह पनि हो : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत सङ्ग्रह समेत रहेको बताउनुभएको छ । यो निर्वाचनले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्यौल गर्ने भएकाले यसलाई जनमत संग्रहको रुपमा लिनुपर्ने उहाँले बताउनुभएको हो ।
निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याउँछौँ : गृहमन्त्री अर्याल
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तथा शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन बझाङ पुग्नुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनविरोधी गतिविधि सह्य नहुने र दोषीलाई कानुनको दायरामा ल्याउने बताउनुभएको छ।
चुनावी अभियानमा एमालेको शक्ति प्रदर्शन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले दाङ क्षेत्र नं. २ अन्तर्गत घोराही बजारमा शक्ति प्रदर्शन गरेको छ । आसन्न निर्वाचनलाई लक्षित गर्दै एमाले दाङ क्षेत्र नं. २ ले घोराहीमा शक्ति प्रदर्शन गरेको हो ।
निराशालाई आशामा बदल्न निर्वाचनमा जुट्न मतदातालाई संयोजक प्रचण्डको अपिल
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको बताउनु भएको छ ।
देश सञ्चालनका लागि कांग्रेसलाई मौका दिनुस् : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश सञ्चालनको जिम्मेवारी कांग्रेसलाई दिन आग्रह गर्दै पारदर्शिता र तीव्र विकासको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा तयारीको सम्पूर्ण काम पूरा भएको बताउनुभएको छ ।
निर्वाचन बिथोल्नेलाई कडा कारबाही हुन्छ : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनलाई लक्षित गरी बाँके जिल्लामा गरिएको सुरक्षा तयारी प्रभावकारी र सन्तोषजनक रहेको बताउनुभएको छ ।
मतदानका लागि काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए
प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ ।
एक करोड ८९ लाख मतदाताका लागि २३ हजार मतदान केन्द्रमा विशेष व्यवस्था
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विशेष प्रवन्ध मिलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरेको छ ।
सबैभन्दा नयाँ र परिमार्जित पार्टी कांग्रेस नै हो : प्रदेश सभापति पुन
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अहिलेका लागि सबैभन्दा नयाँ र परिमार्जित दल नेपाली कांग्रेसनै भएको दाबी गर्नुभएको छ ।
निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउन सरकार शतप्रतिशत लागेको छः मन्त्री इङनाम
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री डा. कुमार इङनामले सरकारले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउनका लागि सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताउनुभएको छ ।
नयाँ घर पाएका बाढीपीडितले सम्झँदै भगवती
असोजको त्यो रात, आकाश अचानक कालो भयो । एकैछिनमा झमझम पानी पर्न थाल्यो । बुढी खोलामा बाढीसँगै डर पनि बढ्दै गयो ।
स्वतन्त्र उम्मेदवारको प्रचारका लागि सरसफाइ
आम निर्वाचनका लागि म्याग्दीबाट उम्मेदवारी दिएका १२ मध्ये एक मात्रै स्वतन्त्र उम्मेदवार महावीर पुनको चुनाव प्रचारका लागि आज आइतबार बेनी बजारमा सरसफाइ गरिएको छ ।
दस जातिको मातृभाषामा डा. हरि रोकाको चुनावी अपिल
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा. हरि रोकाको चुनावी अपिल दस जातजातिको मातृभाषामा तयार पारिएको छ ।
कांग्रेसलाई मतदान गर्न पूर्व कार्यवाहक सभापति खड्काको आग्रह
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
दह्रो प्रतिस्पर्धामा प्रमुख नेता
‘नम्बरी सुनलाई कसी लगाउन पर्दैन’ नेपाली समाजको यो कथन दलका ठुला नेताको मामिलामा कमजोर ठहरिएको छ । दशकौँदेखि नेपाली समाजमा खारिएर आएका नेपालका राजनीतिक दलका ठुला नेता कसी लाउन नपर्ने नम्बरी सुन झैँ जनताले झट्ट पत्याइहाल्ने अवस्थामा देखिएका छैनन् ।
डडेल्धुरामा महरको परीक्षा : कांग्रेसको विरासत जोगिएला ?
। यसपटक सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा कसले जित्ने भन्ने अनुमान गर्न कठिन देखिएको छ । यसमध्ये सबैभन्दा चासोको केन्द्र डडेल्धुरा बनेको छ ।
संविधानसभा सदस्य बिनोद पहाडी एमालेमा प्रवेश
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरी लगायतले पार्टीमा स्वागत गर्नुभयो ।
धिमाल संग्रहालयमा ओली, अन्य उम्मेदवार पनि घरदैलोमा
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धिमाल संग्रहालयको अवलोकन गर्नुभएको छ । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा रहनुभएका ओली दमक –९ स्थित धिमाल संग्रहालय पुग्नुभएको हो ।
विकासमा नेतृत्व गरेको भन्दै अध्यक्ष ओलीलाई अभिनन्दन
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दमक –२ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको छ । विकास निर्माण र राष्ट्रियताका पक्षमा लिएको अडान र अगुवाइको उच्च सम्मान गर्दै उहाँलाई अभिनन्दन गरिएको टोल विकास संस्थाले जनाएको छ ।