पूर्व राज्यमन्त्री चौधरीको स्मृतिमा मनाइयो दिवस
नेकपा (एमाले) दाङले पूर्व स्थानीय विकास राज्यमन्त्री एवं नेकपा (एमाले) केन्द्रीय परिषद् सदस्य स्वर्गीय महेश चौधरीको दोस्रो स्मृति दिवस मनाएको छ ।
जनता मालिक हुन सकेनन् : सांसद प्रभु साह
आम जनता पार्टीका अध्यक्ष, पूर्व मन्त्री एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर-३ का प्रतिनिधि सभा सदस्य प्रभु साहले गणतन्त्रमा पनि जनता मालिक हुन नसकेको बताउनुभएको छ।
‘हुलाक सेवा रूपान्तरण गरेर अरबौँ आम्दानी गर्न सक्छौँ’ : सञ्चारमन्त्री गुरुङ
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवाको डिजिटलाइजेसन आवश्यक रहेको बताउनुभएको छ ।
प्रमुख देवकोटाद्वारा इदको शुभकामना
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले ईद–उल–अजह बकर इदको अवसरमा स्वदेश तथा विदेमा रहेका इस्लामधर्मी दाजुभाइ तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रविधिको प्रयोगले राहदानी वितरण प्रभावकारी भएको छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजुु राणा देउवाले प्रविधिको प्रयोगले राहदानी वितरण प्रभावकारी भएको बताउनुभएको छ ।
पूर्व सांसद भूसालद्वारा दल परित्याग
पूर्वसांसद तीर्थ भुसालले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस परित्याग गरी केही वर्ष अघि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएका भुसालले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।
बहुधर्मले समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको छ : उपाध्यक्ष घिमिरे
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तिकणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
बकर इदबाट धार्मिक सहिष्णुता कायम गर्न योगदान पुग्छः उपसभामुख
उपसभामुख इन्दिरा रानाले बकर इद (इद उल अज्हा) पर्वले त्याग, समर्पण र एकताको भावना पैदा गरी सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष हादाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न जातजाति, धर्म र समुदायअनुसारका आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।
बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति
। राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा (बकर इद) ले आपसी विविधताबिचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले पारस्परिक सम्मान, सहिष्णुता र एकताको सन्देश दिएको बताउनुभएको छ ।
सभ्यता निर्माण गर्न उन्नत दृष्टिकोण र देशभक्तिको भाव हुनुपर्छː उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले विकसित, सुखद् र सम्पन्न व्यवस्था प्रणाली एवम् सभ्यताको निर्माणको निम्ति उन्नत दृष्टिकोण तथा देशभक्तिको भाव हुनुपर्ने आवश्यकता उल्लेख गर्नुभएको छ ।
‘विविधतामा एकता’ नेपाली समाजको मौलिक विशेषता : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–अज्हा (बकर ईद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय सभामा बजेटसम्बन्धी छलफल सम्पन्न
राष्ट्रिय सभामा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सम्पन्न भएको छ ।
विद्यार्थी सङ्गठनको बन्धक बन्दै विश्वविद्यालय
विद्यार्थीको एउटा समूहले केही दिनअघि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड गर्दै तिनै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरे । उनीहरूले विश्वविद्यालयको भौतिक सम्पत्तिमा तोडफोड र तालाबन्दी मात्रै गरेनन् केन्द्रीय पदाधिकारीलाई भौतिक आक्रमणको धम्कीसमेत दिए ।
परराष्ट्रमन्त्री राणाद्वारा बेहडाबाबा दर्शन
सुदूरपश्चिमकै शक्ति पीठका रूपमा रहेको बेहडाबाबा मन्दिरमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले दर्शन गर्नु भएको छ । कैलालीको धनगढी–१६, रामपुरमा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरको दर्शन गर्न परराष्ट्र मन्त्री राणा शुक्रवार पुग्नु भएको हो ।
‘चालु अधिवेशनबाटै शिक्षा र निजामती ऐन जारी हुन्छ’: मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चालु बजेट अधिवेशनबाट विद्यालय शिक्षा ऐन र निजामती सेवा ऐन जारी हुने बताउनुभएको थियो । कोशी प्रदेशमा रहेका समाचार संस्थाहरूका अनुगमका लागि विराटनगर विमानस्थलस्थित संञ्चारकर्मीहरुको प्रश्नमा यही अधिवेशनबाट यी दुई ऐन आउने दाबी गर्नुभएको हो ।
जनकपुरधामको कला संस्कृतिको ऐतिहासिक महत्त्व छ: सभापति देउवा
पाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जगत् जननी जानकी जन्मेको पवित्र भूमि जनकपुरधामको कला संस्कृतिको ऐतिहासिक महत्त्व रहेको भन्दै यसको प्रचार प्रसार हुनु पर्ने बताउनु भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा शुक्रवार मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा निमार्ण भएको मैथिली विकास कोषको नवनिर्मित मैथिली भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
सञ्चारमन्त्री गुरुङद्वारा धरानको रेडियो नेपाल अनुगमन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले धरान उपमहानगरमा रहेको रेडियो नेपालको भवन र जग्गाको अनुगमन गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठक फेरि स्थगित : विपक्षीका तीन माग
लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।
विराटनगरमा महिला उपप्रमुखहरुको राष्ट्रिय सम्मेलन सुरु
स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुका राष्ट्रिय सम्मेलन आजबाट विराटनगरमा सुरु भएको छ । दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो ।
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठयक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताउनुभएको छ ।
नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न
राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न गरेको छ । उक्त विधेयकमाथि ४६ जना सांसदबाट विभिन्न ८५ वटा संशोधन परेका थिए ।
अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैनः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ ।