अछाम–१ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी
अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी हुनुभएको छ । उहाँले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार भीमबहादुर रावललाई ५२८ मतान्तरले पराजित गर्दै जित निकाल्नुभएको हो ।
गुल्मी-१ मा रास्वपाका ढकाल भारी मतान्तरले विजयी
गुल्मी क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।
पाँचथरमा मतान्तर बढाउँदै कांग्रेसका केरुङ, पछ्याउँदै श्रम संस्कृतिका शेर्मा
पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङले अग्रता बढाउनुभएको छ । उहाँलाई श्रम संस्कृति पार्टीका हस्ताराज शेर्मा (ब्रबिम) ले पछ्याइरहनुभएको छ ।
महोत्तर–१ मा रास्वपाका महतो निर्वाचित
महोत्तरी क्षेत्र नम्बर–१ बाट चौतीस हजार ६३६ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो निर्वाचित हुनुभएको छ ।
सिन्धुली–२ मा रास्वपाका गजुरेल विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुलीको निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आशिष गजुरेल विजयी बन्नुभएको छ ।
काभ्रेपलान्चोक–२ मा रास्वपाका भण्डारी फराकिलो मतान्तरले विजयी
काभ्रेपलान्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी फराकिलो मतले विजयी हुनुभएको छ ।
ताप्लेजुङमा एमालेका थेबे अगाडि
ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको हालसम्मको मत परिणाम अनुसार नेकपा (एमाले) का क्षितिज थेबे अग्रस्थानमा रहनुभएको छ ।
भूवैज्ञानिक डा. रेग्मीको संसद् यात्रा
भूवैज्ञानिक र हिमनदी विज्ञ पुतलीबजार नगरपालिका–५ का डा. धनञ्जय रेग्मीले संसद्को यात्रा तय गर्नुभएको छ ।
दाङ–२ मा रास्वपाका आचार्य विजयी : शङ्कर पोखरेल पराजित
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनकुमार आचार्य निर्वाचित हुनुभएको छ ।
रौतहट–१ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, नेकपाका माधव नेपाल चौथो
प्रतिनिधि सभा सदस्य निर्वाचनमा रौतहटको क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेशकुमार चौधरी विजयी हुनु भएको छ ।
महावीर विजयी म्याग्दीमा ९ जनाले जमानत जोगाउन सकेनन्
प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै १५ हजार मतान्तर सहित महावीर पुनले म्याग्दीमा बाजी मार्नुभएको छ । म्याग्दीमा नौ जना उम्मेदवारले भने जमानत जोगाउन सकेनन् ।
धनुषा–४ मा करिब ५० हजार मतगणना बाँकी, अग्रस्थानमा रास्वपा
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ । हालसम्म कुल ३३ हजार ८७० मत गणना भइसकेको छ भने अझै करिब ५० हजार मत गणना हुन बाँकी रहेको धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले बताउनुभयो ।
तनहुँ–१ मा रास्वपाका डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित निर्वाचित
तनहुँ क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित निर्वाचित हुनुभएको छ ।
दाङ–२ मा रास्वपाका आचार्य भारी मतले विजयी, औपचारिक घोषणा हुन बाँकी
उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई झण्डै २८ हजार मतले पछाडि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
जनभावना अनुसार काम गर्ने सभापति लामिछानेको प्रतिबद्धता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनभावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
एन्ड्र्युलाई शाही उत्तराधिकारबाट हटाउन क्यानडाको समर्थन
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले बेलायती राजपरिवारका पूर्वराजकुमार एन्ड्र्युलाई शाही उत्तराधिकारको रेखाबाट हटाउनुपर्ने धारणा व्यक्त गर्नु भएको छ । उहाँले एन्ड्र्युको व्यवहारलाई ‘निन्दनीय’ भन्दै त्यस्ता कार्यले शाही संस्थाको प्रतिष्ठामा गम्भीर असर पार्ने बताउनुभयो ।
इलाम–२ मा एमालेको काजीमानको अग्रता
इलाम–१ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार काजीमान कागतेले अग्रता लिनुभएको छ । कागतेले अहिलेसम्ममा दुुई हजार ३९७ मत प्राप्त गर्नु भएको छ ।
इलाम–२ मा एमाले सुहाङको अग्रता कायमै
इलाम–२ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिनुभएको छ । नेम्वाङले अहिलेसम्ममा दश हजार ९१९ मत प्राप्त गर्नु भएको छ ।
देश र जनतालाई सर्वोपरि राख्ने : ईश्तियाक राई
बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले देश र जनतालाई सर्वोपरि राखेर काम गर्ने जनाउनु भएको छ ।
काठमाडौँमा रास्वपाको ‘क्लिन स्विप’
काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु निर्वाचित हुनुभएको छ । शनिबार बिहानसम्म काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरु विजयी हुनुभएको हो ।
तेह्रथुममा कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी
तेह्रथुममा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी हुनुभएको छ । एमालेका उम्मेदवार भानुभक्त ढकाललाई आठ सय ७९ मतलेपछि पार्दै सुब्बाले जीत हासिल गर्नु भएको हो ।
झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च
झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा रास्वपाका वरिष्ठ नेता समेत रहनुभएका शाहले उक्त मत प्राप्त गर्नु भएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले सात हजार ३९३ मत प्राप्त गर्नुभएको छ । उहाँ एमालेका अध्यक्ष समेत हुनुहुन्छ ।
अन्तर्राष्ट्रिय ‘मिडिया’मा छाउँदै बालेन
जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिपछि नेपालको भावी आकाङ्क्षाका बारेमा झन्डै पचास मिनेट लामो डकुमेन्ट्री बनाएको बिबिसीले बालेनको युवामतलाई थप बलियो बनाएको विश्लेषण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र (बालेन) शाहको चर्चा यतिखेर विश्वभर चुलिएको छ । काठमाडौँ महानगरको प्रमुख हुँदै पदबाट राजीनामा दिएर शाह प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को उम्मेदवार बनेपछि चर्चा बढेको हो ।
काठमाडौँ उपत्यकामा रास्वपाकै वर्चस्व
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ उपत्यकाका सबै क्षेत्रमा विजयोन्मुख भएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १५ मध्ये ४ निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरिसकेको छ भने ११ क्षेत्रमा अग्रता लिएको छ ।