• २३ फागुन २०८२, शनिबार

रौतहट–१ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, नेकपाका माधव नेपाल चौथो

blog

विजेता राजेशकुमार चौधरी ।

यादवराज पुरी

रौतहट, फागनु २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रौतहटको क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेशकुमार चौधरी विजयी हुनु भएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर१ का मुख्य निर्वाचन अधिकृत मनोज केसीका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्तालाई १८ हजार २५३ मतले पछाडि पार्दै उहाँ विजयी हुनुभएको हो । 

रास्वपा उम्मेदवार चौधरीले २८ हजार ९४६ मत ल्याउनुभएको छ भने एमालेका उम्मेदवार गुप्ताले १० हजार ६९३ मत ल्याउनुभएको छ ।  । 

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले आठ हजार ५७४ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधवकुमार नेपालले सात हजार ६६९ मत ल्याई चौथो स्थान हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत केसीले जानकारी दिनुभयो ।