• २३ फागुन २०८२, शनिबार

दाङ–२ मा रास्वपाका आचार्य विजयी : शङ्कर पोखरेल पराजित

blog

दाङ–२ मा रास्वपाका आचार्य विजयी

लीलाधर वली

घोराही (दाङ),फागुन २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनकुमार आचार्य निर्वाचित हुनुभएको छ ।

आचार्य ४३ हजार ५५९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का शङ्कर पोखरेलले १५ हजार २८२ मत प्राप्त गर्नुभएको छ । आचार्यले पोखरेललाई २८ हजार २७७ मतान्तरले पराजित गर्नुभएको हो ।

त्यस्तै, नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५०९ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टीका निर्मल आचार्यले ७ हजार ८० मत प्राप्त गर्नुभएको छ ।

दाङ–२ मा कुल ८० हजार ९२० मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने परिणामको औपचारिक घोषणा गर्न बाँकी रहेको जनाएको छ ।