• २३ फागुन २०८२, शनिबार

पाँचथरमा मतान्तर बढाउँदै कांग्रेसका केरुङ, पछ्याउँदै श्रम संस्कृतिका शेर्मा

blog

नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ

राधा लुइटेल

फिदिम, फागुन २३ गते । पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङले अग्रता बढाउनुभएको छ । उहाँलाई श्रम संस्कृति पार्टीका हस्ताराज शेर्मा (ब्रबिम) ले पछ्याइरहनुभएको छ ।

सुरुवाती अग्रता लिनुभएका शेर्मा याङवरक गाउँपालिकाको गणना सुरु भएसँगै पछाडि पर्न थाल्नुभएको हो । जिल्लाका मिक्लाजुङ, तुम्बेवा, फालेलुङ र याङवरक गरी चार वटा गाउँपालिकासँगै फाल्गुनन्द गाउँपालिकाका १ र २ नम्बर वडाको मत गणना सकिँदा केरुङले ८ हजार ३८० मत प्राप्त गर्नुभएको छ । यस्तै, शेर्माले ६ हजार ७७६ मतसहित केरुङलाई पछ्याइरहनुभएको छ ।

नेकपा (एमाले) का अइन्द्रसुन्दर नेम्वाङ ६ हजार ३६७ मतसहित तेस्रो स्थानमा रहँदा नेपाल कम्युनिस्ट पार्टीका हर्कबहादुर नेम्वाङ (मिक्सो) ५ हजार ३८१ मतसहित चौथो स्थानमा हुनुहुन्छ । राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर लिम्बूले १ हजार ५५० र राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङले १ हजार १६३ मत प्राप्त गर्नुभएको छ ।

आठ वटा स्थानीय तह र ६० वडा रहेको पाँचथरमा हालसम्म पाँच वटा स्थानीय तहका २९ वडाको गणना सकिएको छ । अब फिदिम नगरपालिकाका १४, फाल्गुनन्द गाउँपालिकाका ५, कुम्मायकका ५ र हिलिहाङका ७ गरी ३१ वटा वडाको गणना बाँकी छ । जिल्लामा कुल ७१ हजार १७० मत खसेको थियो ।