सभापति देउवा र अध्यक्ष ओलीबिच भेटवार्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । देउवा निवास महाराजगञ्जमा शुक्रबार अपरान्ह भएको भेटवार्तामा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा सात दलको तर्फबाट कांग्रेस नेता यादवको दाबी पेस
मधेश प्रदेशको मुख्यमन्त्रीमा सात दलको तर्फबाट नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गर्नुभएको छ ।
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट
नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएकाे छ ।
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ : पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन-रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्ताव क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय बैठक आज बस्दैछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले अपराह्न ४ बजे बस्नेगरी बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दललाई निवेदन दिन आह्वान
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान रेको छ ।
प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ ।
‘युवाको चाहना पूरा गर्न लागौँ’
प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार सम्पूर्ण रूपले तयारीमा जुटेको बताउनुभएको छ । निर्वाचन सफल बनाउन सबै नेपालीको सहभागिता र सहयोगको पनि उहाँले अपेक्षा गर्नुभयो ।
प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय बैठक आह्वान
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनलाई भव्य र सफल बनाउन पार्टीका सबै तहका नेता–कार्यकर्ता एकजुट भएर जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ।
‘अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने कुनै कारण छैन’
नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले एघारौं महाधिवेशनको सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा कोही उभिनुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।
गुण्डुमा ‘ओली कुटी’ को शिलान्यास
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निजी निवासको निर्माण कार्य बिहीबारदेखि सुरु भएको छ । एमाले नेता महेश बस्नेतका अनुसार भक्तपुरको गुण्डुमा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्यले सो निर्माण कार्यको बिहीबार शिलान्यास गर्नुभयो ।
सुझाव माग्न नागरिकको घरदैलोमा सञ्चारमन्त्री खरेल
बिहीबार प्रसिद्ध बङ्गलामुखी दर्शन गर्न दर्शनार्थीको उसै पनि भिड हुन्छ । त्यसमा पनि नेवार समुदायको ठुलो चाड योमरी पुन्हिको विशेष दिन भएकाले बिहीबार बङ्गलामुखी क्षेत्रको माहोल निकै रौनक थियो । योमरी चाडको अवसरमा सार्वजनिक विदा परेकाले स्थानीय सर्वसाधरण र तीर्थालु भक्तजनको घुँइचो थियो ।
ज्यापु दिवसले जातीय सद्भाव र एकताको सन्देश दिएको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले ज्यापु दिवसले जातीय सद्भाव र एकताको सन्देश दिएको बताउनुभएको छ । ज्यापु संस्कृत विकास कोषले काठमाडौँको वसन्तपुर डबलीमा आयोजना गरेको २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
पुटिन भारतको राजकीय भ्रमणका लागि प्रस्थान
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भारत भ्रमणका लागि आज मस्कोबाट प्रस्थान गर्नु भएको छ । उहाँको यो भ्रमण सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको पहिलो भारत यात्रा हो ।
राष्ट्रिय ज्यापु दिवस समारोहमा प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्की योमरी पूर्णिमाको अवसरमा वसन्तपुरमा आयोजित राष्ट्रिय ज्यापु दिवस समारोहमा सहभागी हुनुभएको छ ।
एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।
म्याक्रोन-सी भेटमा शान्ति र व्यापार सन्तुलनमुखी आग्रह
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको बिहीबारको भेटवार्तामा युक्रेन युद्ध अन्त्यका लागि सक्रिय भूमिका निभाउन र फ्रान्स-चीन व्यापार असन्तुलन समाधान गर्न सहयोग पुर्याउन आग्रह गर्नु भएको छ ।
चाडपर्व हाम्रा अमूल्य निधि हुन् : प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्व नेपाली समाजको अमूल्य सांस्कृतिक निधि भएको बताउनुभएको छ । उँधौली, धान्यपूर्णिमा, ज्यापु दिवस तथा यःमरी पुन्ही पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको सङ्केत’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेन शान्ति प्रस्तावका विषयमा मस्कोमा भएको उच्चस्तरीय भेटवार्ताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘युद्ध अन्त्य गर्न इच्छुक’ रहनुभएको धारणा दिएको बताउनुभएको छ ।
मधेश प्रदेश : ५१ दिनमा तीन मुख्यमन्त्रीको राजीनामा, पुनः नेतृत्व शून्य
मधेश प्रदेश फेरि एकपटक राजनीतिक अस्थिरताका केन्द्रमा छ । पछिल्ला ५१ दिनमै तीन–तीन मुख्यमन्त्रीले पदबाट राजीनामा दिएपछि प्रदेश अहिले नेतृत्वविहीन बनेको छ ।
पर्वहरूले समाजमा एकता र सद्भावना बढाउँदै आएका छन्ः कावा सभापति खड्का
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली समाजमा मनाइने पर्वले एकता र सद्भावना बढाउँदै आएका उल्लेख गर्नुभएको छ ।
महानिर्देशकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भक्तपुरको नलिञ्चोकमा हेलिपोर्ट निर्माण गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अधिकारी तथा परामर्श कम्पनीसहित अन्य छ जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।